‘नेताले नसकेको ठाउँमा प्रधानन्यायाधीशले के सक्लान् ?’

२६ फाल्गुन २०६९, शनिबार १०:३४ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २६ फागुन । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ले नेताले गर्ने काम न्यायाधीशले गर्न नसक्ने भन्दै राजनीतिक संकट समाधान गर्ने निहुँमा प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाए देशमा थप राजनैतिक संकट उत्पन्न हुने चेतावनी दिएका छन् । अखिल नेपाल महिला संघ क्रान्तिकारी रुपन्देहीको छैठौँ जिल्ला सम्मेलनमा शुक्रबार बुटवलमा आयोजित उद्घाटन समारोहलाइ सम्बोधन गर्दै उनले सो अभिव्यक्ति दिएका हुन् ।
चारदलिय सिण्डिकेटले मुलुकमा निकास नदिने ठोकुवा गर्दै नेता चन्दले चार ठुला दलले निर्वाचनको भ्रम छरेर जनतालाई अल्मल्याउन मात्र खोजेको दाबी गरे ।
नेकपा—माओवादीसहितको गोलमेच सम्मेलन र निष्कर्षसहितको सहमतीवेगर निर्वाचनमा गए कडा संघर्ष गर्ने चेतावनी उनले दिए ।
आफ्नो पार्टीको सुझाव चारदलले बाइपास गरेर गएमा ठुलो बिष्फोट उत्पन्न हुने जनाउँदै नेता चन्दले प्रधानन्यायधीश न्यायिक क्षेत्रको प्रमुख व्यक्ति भएको र मुलुकको राजनीतिक अवस्थाको बारेमा जानकारी समेत नरहेको हुँदा उनलाई प्रधानमन्त्री बनाउन नहुने जिकीर गर्दै उनले प्रधान न्यायधीशलाई प्रधानमन्त्री बनाउँदा शक्ति पृथकीकरण विरुद्ध हुने पनि भएकाले उनलाई प्रधानमन्त्री बनाए नेकपा–माओवादी सडक आन्दोलनमा जाने जानकारी दिए ।
सो कार्यक्रममा नेकपा—माओवादी जिल्ला इन्चार्ज वसन्त श्रेष्ठ, सचिव बन्धु चन्द, लक्ष्मी कोईराला, मिना न्यौपानेलगायतले मन्तव्य दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन