सशस्त्र प्रहरी परिवारद्वारा विपन्न समुदायलाई राहत प्रदान

२६ फाल्गुन २०६९, शनिबार ०९:४० मा प्रकाशित

काठमाडौं, २६ फागुन । १०३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघले चितवनको दाह्रेचोक गाविसस्थित कुरिनटारमा निःशुल्क स्वास्थ्य शिविर संचालन तथा लत्ताकपडा वितरण कार्यक्रम आयोजना गरेको छ । सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती रमा वन्तको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सो जिल्लाको दाह्रेचोक, जोगिमारा, चन्डीभञ्ज्याङ्ग तथा छिमेकी जिल्ला गोरखाको दक्षिणी भेगस्थित घ्याल्चोक, भूङ्लिचोक, मकैसिंह, ताक्लुङ लगायतका स्थानबाट सर्वसाधारणहरु सहभागी भई लाभ उठाएको सशस्त्र प्रहरीले जनाएको छ ।
पिछडिएको वर्ग तथा सिमान्तकृत चेपाङ समुदायलाई लक्षित गरेर सो संघले आयोजना गरेको उक्त कार्यक्रममा संघकी अध्यक्ष श्रीमती वन्तले करीब एक सय ५० बालबालिकालाई बिद्यालय जाने पोशाक तथा अन्य लत्ताकपडा वितरण गरेकी थिइन् । सोही अवसरमा उनले उपस्वास्थ्य चौकी दाह्रेचोकलाई स्टेक्चर समेत प्रदान गरेकी थिइन् ।
संघको पहलमा नेपाल एपीएफ अस्पतालका चिकित्सकहरुद्वारा स्वास्थ्य परिक्षण गरिएको निःशुल्क स्वास्थ्य शिविरमा महिला, बालबालिका, बृद्धबृद्धा गरी झण्डै हजार जनाको स्वास्थ्य परिक्षण गर्नुको साथै निःशुल्क औषधी बितरण गरिएको बताइएको छ ।
स्वास्थ्य शिविरमा जनरल, ओपीडी, स्त्री रोग, हाडजोर्नी, चेष्ट, मुटु रोग, आँखा, नाक, कान, घाँटी तथा दन्त परिक्षण लगाएतका चिकित्सा सेवा प्रदान गर्नुका साथै विरामीहरुको परिक्षण पश्चात निःशुल्क औषधी बितरण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्थानीय निर्वाचनमा सोचेअनुरुपको जीत हासिल गर्न नसकेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सन्निपातको विरामीझै बरबराउन थालेका छन्

काठमाडौं । फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियान युवाको सूचीमा ५ जना नेपाली परेका छन्

काठमाडौं । यसपटकको स्थानीय तहको निर्वाचनमा एमाले नराम्ररी पछारिएको छ । अघिल्लो निर्वाचनको भन्दा ९० स्थानीय तहमा मात्र पराजित भएको

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीबाट पदच्युत गरी देउवालाई प्रधानमन्त्री बनाउन माधवकुमार नेपालको ठूलो योगदान छ । यदि माधव