आत्मदाहको सूचना मिलेको भन्दै तिव्वती शरणार्थीमाथि कडा निगरानी

२६ फाल्गुन २०६९, शनिबार ०८:५६ मा प्रकाशित

काठमाडौं, २६ फागुन । छिमेकी देश चीनमा सत्ता हस्तान्तरणको दिन नजिकिँदै जाँदा तिब्बती शरणार्थीहरु नेपाली भूमिमा प्रवेश गरी अप्रिय (आत्मदाह) घटना गराउन सक्ने आशंका गर्दै सरकारले सीमाक्षेत्र र तिब्बती शरणार्थीहरु बसोबास गर्ने गरेका प्रमुख स्थानहरुमा कडा निगरानी सुरु गरेको छ । गत चार फागुनमा नेपालस्थित राष्ट्रसंघीय शरणार्थी नियोगको क्याम्पमा रहेका तिब्बती नागरिक दुमन डुक्चेले क्याम्पबाट निस्केर आत्मदाह गरेपछि बाबुराम–सरकार निकै सशंकित बनेको थियो । सरकारले सीमाक्षेत्र र शरणार्थी बसोवास गर्दै आएका क्याम्पलगायत मुख्य–मुख्य ठाउँमा त्यसपछि विशेष निगरानी बढाएकोमा अहिले झन् कडा निगरानी राख्न लागिएको हो ।
चीनमा सत्ता हस्तान्तरण हुने दिन पारेर दर्जनभन्दा बढी तिब्बती शरणार्थीले आत्मदाह गर्दैछन् भन्ने सूचना सरकारलाई मिलेकोले सचेत बन्नुपरेको नाम उल्लेख गर्न नचाहने सरकारका एक मन्त्रीले बताए । यसरी शरणार्थी तिब्बतीहरु स्वतन्त्रताका लागि बलिदानमा उत्रने तयारीको सूचनाका कारण नेपाल सरकार सशंकित र सचेत भएको उनको कथन छ ।
चीनमा भोली आइतबार नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोलम्बो । आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवामा इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको छ  । तेल

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय