निर्वाचन आयोगले सबै जिल्लामा निर्वाचन शिक्षा कार्यकर्ता खटाउने

२६ फाल्गुन २०६९, शनिबार ०८:५२ मा प्रकाशित

काठमाडौं, २६ फागुन । राजनीतिक दलहरु सहमति जुटाउन व्यस्त भएका बेला निर्वाचन आयोगले देशका सबै जिल्लामा निर्वाचन शिक्षा कार्यकर्ता विकास प्रशिक्षण थालेको छ । प्रशिक्षणमा स्थानीय विकास मन्त्रालयअन्तरगतका हरेक नगरपालिका र गाविसका वडामा समाजिक परिचालक सहभागी हुनेछन् । मतदाता नामावली संकलनलाई तीव्रता दिन तथा निर्वाचन शिक्षामा जनचासो बढाउन प्रशिक्षण सुरु गरिएको जनाइएको छ । ती कार्यकर्ताले मतदाता नामावलीमा छुटेका र उमेर पुगेका नागरिकता प्राप्त नागरिकलाई सम्बन्धित गाविस र नगरपालिकाका वडामा फोटो खिचाउन प्रेरित गर्नेछन् ।
साथै लगत विवरण चुस्तदुरुस्त तुल्याउने कामसमेत गर्नका लागि आगामी चैत १ गतेबाट दश दिन हरेक वडामा निर्वाचन कार्यकर्ता खटाइँदै छ । देशभर ५८ नगरपालिका र तीन हजार नौ सय तेह्र गाविस छन् । तिनमा ४ हजार ७ सय जना सामाजिक कार्यकर्तालाई निर्वाचन शिक्षा कार्यकर्ताका रुपमा खटाइने निर्वाचन आयोगले जनाएको छ । मतदानमा नामावली छुटेका उमेर पुगी नागरिकता प्रमाणपत्र प्राप्त नगरेका नेपाली नागरिकको फोटोसहितको मतदाता नामावली संकलन कार्यमा उनीहरुलाई खटाइन लागिएको आयोगका प्रवक्ता अनिलकुमार ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर