रेग्मी सर्वोच्चको आदेश पर्खने मानसिकतामा, दलहरु ‘सहमति’कै चक्करमा

२६ फाल्गुन २०६९, शनिबार ०८:५० मा प्रकाशित

काठमाडौं, २६ फागुन । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकार प्रमुखको रुपमा हिजो शुक्रबार नै सपथ गराउने गरी अन्तिम गृहकार्य सम्पन्न गर्न बिहिबार कार्यदललाई निर्देशन दिएका मुख्य चार दलका शीर्ष नेताहरुबीच मिलिसकेको भनिएका विषयहरुमा फेरि चर्को मतभेद सुरु भएको छ । प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनका लागि तयार भएका राजनीतिक शक्तिहरुबीच यसअघि मिलिसकेका मुख्य चार विषयमा फेरि किचलो सुरु भएको हो । सहमति भइसकेको भनिएको मतदाता नामावली, नागरिकता र सत्यनिरुपण तथा मेलमिलाप र वेपत्तासम्बन्धी छानबिन आयोग गठन अध्यादेशमा पनि शुक्रबार साँझको बैठकमा दलहरुबीच तीव्र विवाद देखियो । बाधा अडकाउ फुकाउ आदेश जारी गर्दै रेग्मीलाई भरसक शुक्रबार नै सरकार प्रमुखको सपथ दिलाउने बिहिबारको सहमतिअनुसार छलफल गर्न बसेका एमाओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच यसअघि मिलेका ती विषयमा विवाद भएको सहभागी नेताहरुले स्वीकार गरे ।
दलहरुबीच सेना समायोजन रोजी तालिममा गइसकेका माओवादी लडाकुको दर्जा निर्धारणमा मात्र कुरा मिल्न बाँकी रहेको भनिएको थियो । कार्यदलका एक सदस्यका अनुसार बाधा अडकाउ फुकाउ आदेशसहित शुक्रबार नै सरकार गठनको तयारी गर्न भनी शीर्षनेताहरुले बिहिबार दिएको निर्देशनअनुसार कार्यदल शुक्रबार बिहानैदेखि गृहकार्यमा जुटेको थियो । तर, कार्यदलमा यसअघि सहमति कायम भइसकेका नागरिकता मतदाता नामावली, सत्यनिरुपण तथा मेलमिलाप एवम् वेपत्ता छानबिन आयोग गठनसम्बन्धी अध्यादेशमा अचानक विवाद बल्झिएको थियो । लडाकूको दर्जा निर्धारणमा पनि एमाओवादीको बखेडाका कारण कुरा मिल्न सकेन । दिनभरको प्र्रयासबाट पनि कार्यदलमा कुरा नमिलेपछि अपरान्ह चार बजे कार्यदलले यो विषय शीर्षनेताहरुले टुंग्याउनु पर्ने भनी जिम्मा लगाएको थियो । तर शीर्षनेताहरु बीच पनि नागरिकतबाहेक अन्य तीन विषयमा सहमति कायम हुन नसकेको जानकारी शीर्ष भनिएका नेताहरुले नै कार्यदललाई गराएका थिए । ‘सहमति’का लागि आज शनिबार ११ बजे दलहरु फेरि बैठक बस्दैछन् ।
यता प्रधानन्यायाधीश खिलराज रेग्ग्मीले सर्वोच्च अदालतको निर्णय नआई चुनावीसरकारको नेतृत्व नसम्हाल्ने मनस्थिति बनाउनुभएको उहाँनिकट स्रोतले जनाएको छ । सर्वोच्च  अदालतस्रोतका अनुसार जतिसुकै छिटो सहमति भए पनि अब जेठमा निर्वाचन गराउन नसकिने निश्कर्षसमेत रेग्मीले निकाल्नुभएको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।