मेलाको मौका छोपेर नक्कली भारतीय नोट सटही

२५ फाल्गुन २०६९, शुक्रबार २१:२२ मा प्रकाशित

रासस/ परासी, २५ फाल्गुन । नवलपरासीमा प्रहरीले चार भारतीय नागरिकलाई भारतीय नक्कली नोटसहित  पक्राउ गरेको छ । उनीहरूबाट सात हजार भारतीय नक्कली नोट बरामद गरिएको छ । नवलपरासीको त्रिवेणी नजिकै लागेको मदारबाबा मेलामा नोट सटही गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ  गरेको थियो ।
पक्राउ पर्नेमा भारत बिहारको पश्चिमी चम्पारण जिल्ला बेतिया घर भएका २० वर्षीय पिन्टु यादव, भेडीहारी घर भएका २६ वर्षीय विजय विन, १८ वर्षीय मोटन राय र हरिनगरका २५ वर्षीय बवाली राय रहेका छन् ।
उनीहरूले १४ हजार ६८५ रुपियाँ साटिसकेको बताइएको छ । उनीहरूबाट ५०० दरको १२ थान र एक हजार दरको एक थान गरी सात हजार भारतीय नक्कली बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक डम्बर तामाङले जानकारी दिनुभएको छ ।
पक्राउ गरिएका चारै जनालाई इलाका प्रहरी कार्यालय बेलाटारीमा राखेर अनुसन्धान थालिएको छ । त्रिवेणी नजिकै रुपौलिया कुडिया गाविसको मध्य सीमामा गएको एक हप्तादेखि लागेको मदारबाबा मेलामा आएका भारतीय भक्तजनलाई भारतीय रुपियाँ आवश्यक पर्ने मौका छोपी सटही गरेको नवलपरासी प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत