
नवलपरासी, २५ फागुन । आगामी आर्थिक वर्ष ०७०/७१ का लागगि जिल्ला विकास समिति नवलपरासीले २ अर्व ७६ करोड ५२ लाख ९१ हजार को प्रस्तावित वजेट सार्वजनिक गरेको छ । जिल्ला विकास योजना नवलपरासीको विभिन्न समितिहरु अन्तर्गत चालुतर्फ रु. १ अर्व १९ करोड १७ लाख ६३ हजार र पूँजिगततर्फ रु १ अर्व ५७ करोड ६१ लाख ४९ हजार गरी सो बजेट २१ औं जिल्ला परिषदमार्फत् सार्वजनिक गरिएको हो ।
कुल वजेटलाई प्रतिशतको आधारमा हेर्दा कृषि, वन तथा वातावरण विकास समितितर्फ ४.६६ प्रतिशत, जनसंख्या तथा सामाजिक विकास समितितर्फ १९.९२ प्रतिशत, पूर्वाधार तथा संरचना विकास समिति अन्तर्गत गत ५६.०८ प्रतिशत भूमि तथा जलश्रोत विकास समितिअन्तर्गत ६.१५ प्रतिशत र जिल्लामा क्रियाशिल विभिन्न गैरसरकारी संस्थाहरुको कुल वजेट ४.६५ प्रतिशत रहेको कार्यक्रमा सार्वजनिक गरिएको हो ।
परासीमा शुक्रबार आयोजित २१ औँ जिल्ला परिषदमार्फत स्थानिय विकास अधिकारी रामुराज कडरियाले आर्थिक बर्र्ष ०७०/७१ का लागि कुल रु. २ अर्व ७६ करोड ५२ लाख ९१ हजारको प्रस्तावित बजेट सार्वजनिक गर्नुभएको थियो ।
सो बजेटमा भौतिक तथा आथिर्क पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, तथा सरसफाईमा लगानी बृद्धि गरी सामाजिक विकासलाई तिब्रता, पछाडि पारिएका जाती समुदाय तथा भौगोलिक क्षेत्रको उत्थान र विकासका लागि लक्षित कार्यक्रम संचालन, रोजगारमूलक समावेशी आर्थिक विकासका कार्यक्रममालाई प्राथमिकतामा राखिएको छ ।
– चन्द्रकान्त खनाल
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास
काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि
काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक
प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न