नेपाल भन्छन्- ‘म सुरुदेखि अहिलेसम्म पनि प्रधानन्यायाधीशको विपक्षमा छु’

२५ फाल्गुन २०६९, शुक्रबार १८:३६ मा प्रकाशित

काठमाडौं, २५ फागुन । पधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने खेल सहमतिनजिक पुगिसकेको भनी यता राजधानीमा चर्चा चलिरहेकै बेला उता चितवन भरतपुरमा आयोजित एक कार्यक्रमबीच नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू प्रधानन्यायाधीशलाई प्रम बनाउन नहुने पक्षमा अझै पनि दह्रोसँग उभिएको अभिव्यक्ति दिएका छन् । म सुरुदेखि नै बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउनु हुन्न भन्दै आइरहेको छु, तर कतिपय मिडियाले बाध्यतावश प्रधानन्यायाधीशलाई हामीले मान्नु परयो भनी मैले बोलेको कुरा छाप्यो, जबकि मैले त्यस्तो कुरा गरेकै छैन, म यो प्रस्तावको हरदम बिरोधमा छु, नेता नेपालले प्रस्ट्याए ।
प्रेस चौतारीद्वारा भरतपुरमा आयोजित उक्त कार्यक्रममा वरिष्ट नेता नेपालले पुष्पकमल दाहाल प्रधानमन्त्री हुंदा नेपाली सेनालाई कब्जा गर्ने प्रयत्न गरिएको र बाबुराम भट्टराईको पालामा न्यायपालिकामाथि नंग्रा गाड्न खोजेको आरोप लगाए । ‘एमाओवादीले अरु दललाई त्यत्तिकै लतारेर निरंकुश शासन चलाउने षडयन्त्र रचेको तर त्यो पूरा नहुने नेपालले दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

टेक्सास । अमेरिकाकाे टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकामा एउटा लरीमा कम्तीमा ४२ जना आप्रवासी मृत फेला परेका छन् । फेला

कोलम्बो । आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवामा इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको छ  । तेल

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा