गृहमन्त्रीका ‘प्यारा’ एसएसपीलाई सेवाबाटै बर्खास्त गर्न सिफारिस

२५ फाल्गुन २०६९, शुक्रबार ०९:१३ मा प्रकाशित

काठमाडौं, २५ फागुन । गृहमन्त्री विजयकुमार गच्छदारको विशेष छत्रछाँया प्राप्त प्रहरी अधिकृतका रुपमा प्रहरी फोर्सभित्र चर्चामा रहँदैआएका एसएसपी रविराज श्रेष्ठलाई सेवाबाट बर्खास्त गर्नु प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयमा सिफारिस पठाएको छ । आफ्नै सवारी चालकलाई प्रयोग गरेर अवैध विदेशी मुद्रा तस्करीमा संलग्न रहँदै आएको अभियोग प्रमाणित भएको भन्दै प्रधान कार्यालयले यस्तो सिफारिस गरेको बुझिएको छ । प्रहरीको यो सिफारिस गृहमन्त्रीले सदर गरेपछि मात्रै कार्यान्वयन हुने गृहश्रोतले जनाएको छ ।  गृहमन्त्री विजयकुमार गच्छदारकै पहलबाट पटक पटक गरी चारपटक विमानस्थल सरुवा भएका रविराजलाई सेवाबाट बर्खास्त गर्ने सिफारिस गच्छदारले कार्यान्वयन गर्नेमा भने आशंका व्यक्त गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पाँच महिनाअघि आफ्नै चालक हवल्दार शोभित कार्कीलाई प्रयोग गरेर एसएसपी श्रेष्ठले मुरारीलाल जमालिया नामक कारोबारीको विदेशी मुद्रा फ्लाई दुबईको उडानबाट विदेश उडाउन खोजेका थिए । उक्त घटना उजागर भएयता रविराज सार्वजनिक रुपमा देखिएका छैनन् । उनी भारतमा लुकेर बस्दै आएको निकटवर्तीहरु बताउँछन् ।
विगतमा पनि सुन काण्डमा मुछिएका श्रेष्ठलाई गृहमन्त्री गच्छदारकै विशेष चाहना र पहलमा विमानस्थल पठाइएको प्रहरी स्रोतको कथन छ । यसरी गृहमन्त्रीकै दबावमा पटक पटक एयरपोर्ट सरुवा गरिनु र अवैध मुद्रा तस्करीमा एसएसपी श्रेष्ठको संलग्नता पुष्टि हुनुलाई रहश्यपूर्ण मानिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस