कसले गर्यो गजुरेलको अपहरण प्रयास ?

२५ फाल्गुन २०६९, शुक्रबार ०८:०६ मा प्रकाशित

काठमाडौं, २५ फागुन । ‘म तपाईंलाई अपहरण गर्न आएको हिँड्नुस्’ युवकले यति भन्दा सीपी गजुरेल ‘गौरव’ छक्क परे । उनी अकमक्क परिरहँदा युवकले थपे, ‘के हेरिरहनुभएको छ, हिंड्नुहोस् तपाईं कब्जामा परिसक्नुभयो ।’ बौद्धिक डिस्कोर्समा बोलिसकेलगत्तै गजुरेलमाथि कडा रूपमा प्रस्तुत भएका युवक पछि हट्नेवाला थिएनन् । उनले कडा शब्दमा भने, ‘तपाईंहरूले धेरैको अपहरण गरी श्रम शिविरमा राख्नुभयो । मचाहिँ बौद्धिक शिविरमा राख्छु ।’
गत २६ फेब्रुअरीका दिन नयाँदिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयमा यसरी गजुरेलको अपहरण प्रयास गर्ने व्यक्ति हुन् जेएनयुमा विद्यावारिधि गरिरहेका ललितपुरका सचिन घिमिरे हुन् । विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी सङ्गठनको हलमा गजुरेलले नेकपा–माओवादीको विदेशनीति र नेपालको विद्यमान राजनीतिक परिस्थितिबारे लामो भाषण गरेपछि घिमिरे आश्चर्यजनक ढङ्गले प्रस्तुत भए । अडियो रेकर्ड अन गरेर उनले आफ्नो परिचय दिँदै माओवादीले धेरै नाटक गरिसकेको र अब त्यसको अन्त गर्नका लागि आफू अपहरणको तयारीका साथ आएको बताए । चेतावनीका साथ बोलिरहँदा गजुरेलचाहिँ रातोपीरो भए । कार्यक्रम सञ्चालकले उनको बोली बन्द गर्न खोज्दासमेत रोकिएनन् । उल्टै भने, ‘तपाईं कम्तीमा दुई दिन मेरो कोठामा बसेर माक्र्सवादको गहिरो अध्ययन गर्नुपर्छ ।’ माक्र्सवाद खारेका र त्यसलाई व्यवहारमा उतार्ने दाबीका साथ सक्रिय गजुरेललाई युवकले दिएको चुनौतीले हलमा रहेका सबैलाई आश्चर्यमा पा¥यो । सबै मूकदर्शक भए । अपहरण गरी दुई दिन कोठामा राख्दा सम्मानजनक व्यवहारसमेत गर्ने उनको भनाइ थियो । खाने, बस्ने उचित व्यवस्था सुनिश्चित गर्ने बताए ।
गजुरेललाई अपहरणमुक्त गराउनुअघि ड्यास माओवादी अध्यक्ष मोहन वैद्य किरणले आफूसँग बौद्धिक बहसमा सहभागी हुनुपर्ने माग राखे । उनले चुनौतीका साथ भने, ‘म तपाईंको पार्टी अध्यक्ष मोहन वैद्य किरणसँग माक्र्सवादबारे बहस गर्न चाहन्छु, यदि उहाँले जित्नुभयो भने म आत्महत्या गर्छु तर हार्नुभयो भने पार्टी अध्यक्ष छाड्नुपर्छ र म तपाईंको पार्टीको नेतृत्व लिन्छु ।’ नाटकीय शैलीमा प्रस्तुत युवक पार्टी फुटाएर बल्लबल्ल अध्यक्ष बनेका वैद्यको कुर्सीसमेतमा आँखा लगाउँदै थिए । उनी थप्दै थिए, ‘मैले घमण्ड गरेको भन्नुहोस् या जे भन्नुहोस् तर मेरो चुनौतीको सामना गर्ने साहस राख्नुहोस् ।’
गजुरेललाई अपहरण गर्ने धम्की आएपछि कार्यक्रममा उनका समर्थकहरूले राम्रै सुरक्षा दिए । कार्यक्रम सकिएपछि समेत युवक जाइलाग्दै अपहरण गरी कोठामा लैजाने बताउँदै नजिकिँदै थिए । गौरवचाहिँ चुपचाप बाटो लागे ।
कार्यक्रममा घडी हेर्दै लामो भाषण गरेका उनले भारतप्रति नरम विचार राखे । देशमा हुँदा भारतको कडा विरोध गर्ने उनको स्वभाव देखिएन । भारतीय कम्पनीले निर्माण गरिरहेको जलविद्युत् आयोजनामा आक्रमण गर्नुको कारण बार्गेनिङ नै हो भने । तर, त्यो बार्गेनिङ नेपाली जनताको हितका लागि भएको दाबी गरे । भारतीय आयोजना रोक्ने उद्देश्य पार्टीको नभएकोसमेत बताए । देश भुटानीकरणतर्फ उन्मुख भएको र त्यसको प्रमुख जिम्मेवार प्रचण्ड र बाबुराम भट्टराई नै भएको उनको आरोप थियो । जेएनयूको हलमा आएर उनले विद्यार्थीलाई बाबुरामजस्तो नबन्नसमेत आग्रह गरे । बाबुरामको कडा आलोचना गर्दै देशलाई सिक्किमीकरणतर्फ धकेल्न लागेको आरोप लगाए । चुनाव भइहाले भाग लिने या बिथोल्नेबारे उनी परिस्थिति र चुनावी प्रक्रियाले निक्र्योल गर्ने भन्दै पन्छिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार