यसरी देखिन थाल्यो सूर्यनाथको ‘कमाइ’

२५ फाल्गुन २०६९, शुक्रबार ०७:५७ मा प्रकाशित

काठमाडौं, २५ फागुन । प्रस्तुत तस्बिर हेर्दा लाग्न सक्छ कि यो कुनै आर्किटेक्टले कसैका लागि तयार गरिदिएको भवनको मोडल हो । अर्थात्, कुनै अर्बपतिले यो मोडलको घर निर्माण गरेको होला । तर, यी दुवै सोचभन्दा यथार्थ फरक छ । यो न त फगत् एक मोडल हो न यो कुनै अर्बपति भनेर चिनिएका व्यक्तिकै हो । यो आलिशान महल अरू कसैको नभई आफूलाई मुलुककै सबभन्दा ‘स्वच्छ’ भन्न रुचाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय नामक व्यक्तिको हो । विश्वास गर्न गाह्रो पर्ला, तर यथार्थ यही नै हो ।
सूर्यनाथ उपाध्याय एक अत्यन्त निम्न आर्थिकस्तरको परिवारमा लम्जुङमा जन्मेका व्यक्ति हुन् भने जीवन गुजाराकै चिन्ताले उनको परिवार वीरगञ्ज बसाइँ सरेको थियो । ‘गरिब’ सूर्यनाथले भाग्यवश सरकारी जागिरमा प्रवेश गर्ने अवसर पाए र अनेक तिकडम गर्ने कलामा पोख्त भएकाले कालान्तरमा एमाले पार्टीले उनलाई अख्तियारको प्रमुखमा नियुक्त ग¥यो । त्यस ओहोदाको आडमा उनले प्रशस्त पैसा कमाए, राजधानीको मैतीदेवीमा घर बनाए र आफ्ना सन्तानलाई विदेश पढ्न पठाए । एमालेले लगाएको गुन तिर्न उनले नेपाली काङ्ग्रेसका नेताहरूलाई छानी–छानीकन मुद्दा लगाए । यसबापत अमेरिकका लागि नेपाली राजदूतमा सिफारिस गरिए सूर्यनाथ ।
नौटङ्की गर्न अत्यन्त सिपालु व्यक्तिका रूपमा चिनिएका यिनले अकुत सम्पत्ति जोडेका छन् तर आफूलाई स्वच्छ देखाउने प्रयत्न गर्छन् । तर, जति नै लुकाउन खोजे पनि सत्य त लुक्दैन । यिनै ‘साधु बिरालो’ उपाध्यायले यतिबेला बुढानीलकण्ठनजिक चपलीमा भव्य महल निर्माण गरेका छन् । उनले निर्माण गरेको महल हेर्दै अनुमान लगाउन सकिन्छ कि निर्माणका लागि कति करोड यसमा खर्च भयो होला ? अर्काले नखाएको घुस पनि खाएको भन्दै मुद्दा लगाउने सूर्यनाथले यो आलिशान महल निर्माण गर्ने रकम ल्याए कहाँबाट ?
उच्चस्थानमा बनेको सूर्यनाथको अग्लो महलका कारण सुन्दर माउन्टेनका दृश्य छेकियो भन्दै स्थानीयले गुनासो गर्न थालेका छन् । यो घर पहिलोपटक देख्ने जोकोही पनि एकपटक टक्क रोकिन्छ र भन्छ– ‘आहा ! कति भव्य घर !’ सूर्यनाथले अख्तियार प्रमुख हुँदा अकुत कमाएका थिए र सम्पत्तिको ठूलो हिस्सा भारत पु¥याएका थिए भन्दा धेरैलाई पत्यार लाग्दैनथ्यो, तर अब यही घरले पनि त्यो पुष्टि गरेको छ । उनका यस्ता नदेखिने अन्य कति सम्पत्ति होलान्, सोच्न बाध्य बनाएको छ । स्थानीयवासीले भन्न थालेका छन् कि जुन मापदण्डका आधारमा अरूलाई सूर्यनाथले भ्रष्टाचारी सावित गरेका थिए त्यही मापदण्ड अब सूर्यनाथमाथि लगाइयोस्, अख्तियारले छानबिन गरोस् र कारबाही अघि बढाओस् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा