प्रथम हिमालयन फिल्म फेस्टिभल सम्पन्न

१९ चैत्र २०६८, आईतवार ११:५७ मा प्रकाशित

स्कटल्याण्डका दुई शहरहरु एबरडिन र ग्लास्गोमा नेपाली वृत्तचित्र र चलचित्रहरु प्रदर्शन गर्दै  प्रथम हिमालयन फिल्म फेस्टिभल सम्पन्न भएको छ । स्कटल्याण्डमा सक्रिय नेपालीहरुको संस्था अर्गनाइजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयर (ओएनसीडब्लु) र लण्डन छलफलको संयुक्त आयोजनामा फिल्म फेस्टिभलको संयोजन गरिएको थियो । फिल्म फेस्टिभलमा वृत्तचित्रहरु एरिक भ्यााली निर्देशित क्याराभान, मोहन मैनाली निर्देशित पुनेको पाइन्ट, निसानि काएनेएन निर्देशित फेयरी टेल अफ काठमाडौं, दीपक रौनियार निर्देशित चौकठ र भुषण दाहाल निर्देशित चलचित्र कागबेनी देखाइएको थियो ।
आयोजक संस्था ओएनसीडब्लुका अनुसार स्कटल्याण्डमा पहिलोपटक नेपाली फिल्म फेस्टिभलको आयोजना गरिएको हो । ग्ल्यास्गोमा युनिभर्सिटी अफ ग्लास्गोको हलमा एक दिन फेस्टिभल आयोजना गरिएको थियो भने एबरडिनमा भने युनिभर्सिटी अफ एबरडिनको हलमा  मार्चको अन्तिम साता तीन दिनसम्म फिल्म देखाइएको थियो । प्रदर्शित फिल्महरुकोबारेमा दर्शकहरुले विभिन्न जिज्ञासा राखेका थिए भने कतिले फिल्मको विषयवस्तुबारे आफ्नो अनुभव र धारणा ब्यक्त गरेका थिए । फिल्म फेस्टिभलमा स्कटिश समुदायको अतिरिक्त विश्वविद्यालयका विद्यार्थीहरु, प्राज्ञिक वर्ग र कर्मचारीहरु र नेपाली समुदायको सहभागिता रहेको थियो ।
फिल्म फेस्टिभलमा सहकार्य गरेको युनिभर्सिटी अफ एबरडिनस्थित सेन्टर फर सस्टेनेबल इन्टरनेशनल डेभलपमेन्ट (सीएसआईडी)की निर्देशक डा हिलारी होम्सले फिल्म फेस्टिभलले नेपाललाई स्कटिश समुदाय र विश्वविद्यालयमा अध्ययन गर्न आउने विश्वभरका विद्यार्थीहरुमाझ परिचित गराउन सघाउ पुयाएको धारणा राखिन् । आयोजक संस्था ओएनसीडब्लुका अध्यक्ष दीपेश रेग्मीले नेपाललाई विदेशमा प्रवद्र्धन गर्ने र नेपाली कला संस्कृतिको उन्नयनमा क्रियाशील रहिरहने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र