‘प्रचण्ड आफैं बन्ने भए सहमति जुटाउ’ : उपाध्याय

२५ फाल्गुन २०६९, शुक्रबार ०७:४४ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २५ फागुन । वर्तमान राजनीतिक गत्यारोधको कारक एमाओवादीका अध्यक्ष प्रचण्डको आफैं प्रधानमन्त्री बन्ने चाहना पनि हो भन्ने धेरैको ठम्याई रहँदै आएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायको धारणा पनि यस्तै छ । यही धारणाका आधारमा उपाध्यायले पुष्पकमल दाहाललाई आफै प्रधानमन्त्री बन्ने इच्छा भए पार्टी र सत्ता गठबन्धन दलबाट निर्णय गराएर ल्याउन आग्रह गरेका छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी शाखाले बुटवलमा आयोजना गरेको साक्षात्कारमा उनले यस्तो आग्रह गरेका हुन् ।
सो अवसरमा कांग्रेस नेता उपाध्यायले राजनीतिक दलका नेताहरुको नेतृत्वमा सरकार गठन गर्ने कुरामा सहमती जुट्न नसकेपछि प्रधानन्यायधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने कुरामा  सहमती जनाउनु परेको उल्लेख गरे । प्रधानमन्त्री बनाउने प्रस्ताव पनि ल्याउने तर सहमती हुन लागेमा अनेक बहानावाजी गरेर सहमती हुन पनि नदिने एमाओवादी पार्टी र अध्यक्ष पुष्पकमल दाहालको प्रतिवृत्तिप्रति कटाक्ष गर्दै उपाध्यायले भने– ‘अब एक अर्कालाई आरोप–प्रत्यारोप गरेर होइन मुलुकको विग्रँदो अवस्थालाई मध्यनजर गरेर तत्काल राष्ट्रिय सहमतीको सरकार गठन हुनुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

वाशिङ्गटन डिसी । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ ।