माओवादीद्वारा फेरि जग्गा कब्जाको उद्घोष

२५ फाल्गुन २०६९, शुक्रबार ०६:४६ मा प्रकाशित

काठमाडौं, २५ फागुन । पार्टी हेड अफिसको निर्णय भन्दै खोटाङमा नेकपा-माओवादीका कार्यकर्ताले व्यक्तिका जग्ग कब्जा गर्ने घोषणा गरेका छन् । द्वन्दको समयमा कब्जा गरिएर पछि फुकुवा गरिएका जग्गा फेरि कब्जा गरिन लागिएको हो । पहिले कब्जा गरिएका व्यक्ति तथा सार्वजनिक जमिनमाथि पार्टी र किसान संघको झण्डा गाडेर कब्जा गरिने जिल्लाका माओवादी हर्ताकर्ताहरुले पत्रकार सम्मेलनमार्फत् निर्णय सार्वजनिक गरेका छन् । जिल्लामा जाली तथा फटाहा र भ्रष्टचारीहरु मौलाउँदै गएकाले मास कारवाही गरिने र धार्मिक गुठी तथा व्यक्तिको जग्गा पुःन कब्जा गरी व्यवस्थापन गरिने उद्घोष गरेका हुन् ।
पत्रकार सम्मेलनका क्रममा जारी गरिएको प्रेस विज्ञप्तिमा पार्टीलाई ब्यापक बनाउन वाल पेन्टिङ, कोणसभा, पीढिंसभा तथा आमसभालगायतका कार्यक्रमहरु गर्ने जनाइएबाट माओवादीले आफूलाई जतिसक्दो प्रचारात्मक हरकत गरेर चर्चामा आउने र सर्वसाधारणमा त्रास फैलाउने रणनीति अख्तियार गरेको अनुभूति गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति