गेष्टहाउसमा १८ वर्षिया विवाहिता झुण्डिएको अवस्थामा

२४ फाल्गुन २०६९, बिहीबार २३:२२ मा प्रकाशित

रासस/ चितवन, २५ फागुन । नारायणगढस्थित कैलास गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला परेकी छिन। श्रीमानसँगै आएकी युवती गेस्ट हाउसको कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। एक वर्षअघि विवाह गरेका नवलपरासीको कावासोती(२ धोवादीका प्रकाश थापाकी १८ वर्षीया श्रीमती दीपा उनीहरू बस्नका लागि बुकिङ गरेको कोठामा नै मृत फेला परेकी हुन्।
नेपाली सेनाका जवान २२ वर्षीय प्रकाशले हिजो साँझ गेष्ट हाउसमा कोठा बुक गरी श्रीमतीलाई कोठामा नै छोडी केहीबेर आफू बाहिर गएको र राति साढे १० बजे कोठामा फकिर्दा पासो लगाएर झुण्डिएको अवस्थामा दिपालाई देखेको प्रहरीसमक्ष बयान दिएका छन्।
पासोबाट फुकाएर अस्पताल पुर्‍याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको श्रीमान प्रकाशको भनाइ छ। शवको प्रकृति हेर्दा घाँटीमा केही दाग देखिए पनि सो हत्या वा आत्महत्या के हो खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत