प्रधानसेनापति गौरव शमशेर र तीन पूर्वभारतीय स्थलसेनाध्यक्षबीच भेटघाट हुँदै

२४ फाल्गुन २०६९, बिहीबार २२:१६ मा प्रकाशित

काठमाडौं, २४ फागुन । महाशिवरात्री तथा सेना दिवस–२०६९ को अवसरमा आयोजना हुने सैनिक समारोहमा सहभागी हुन नेपाली सेनाको मानार्थ महारथी दर्जा पाएका अवकाश प्राप्त भारतीय पूर्वस्थलसेनाध्यक्ष जनरल शंकर रोय चौधरी काठमाडौं आइपुगेका छन् । चौधरीलाई नेपाली सेनाका कार्यरथी उपरथी महेशविक्रम कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरेका थिए ।
सोही समारोहमा सहभागिता जनाउने उद्देश्यले नेपाली सेनाको मानार्थ महारथी दर्जा पाएका भारतका अवकाश प्राप्त पूर्वस्थलसेनाध्यक्षहरु जनरल सुनिथ फ्रान्सिस र जनरल दीपक कपूर पनि शुक्रबार काठमाडौं आइपुग्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
अवकासप्राप्त भारतीय जर्नेलहरुले नेपाल बसाइका क्रममा नेपाली सेनाले आयोजना गर्ने विविध कार्यक्रममा सहभागिता जनाउनुका अलावा विभिन्न पुरातात्विक तथा धार्मिक महत्वका स्थानहरुको भ्रमण गर्नुका साथै आगामी सोमबार प्रधानसेनापति गौरव शमशेर जबरासँग विशेष भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं स् गायक कृष्ण पौडेलले नयाँ गीत ‘लुकी लुकी मायाले’ सार्वजनिक गरेका छन् । उनले गायिका आरती अधिकारीको साथमा नयाँ

पाल्पा । पाल्पामा कोरोना विरुद्धको खोप लगाएका तीनजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना विरुद्धको पहिलो खोप लगाएपछि स्वास्यमा

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै