सस्तोमा पेट्रोल दिलाइदिने भन्दै ठगी

२४ फाल्गुन २०६९, बिहीबार २१:५७ मा प्रकाशित

काठमाडौं, २४ फागुन । आफूलाई प्रहरीका रुपमा चिनाउँदै सस्तो मूल्यमा पेट्रोल दिलाउने भनी विभिन्न व्यक्तिसँग रकम ठग्ने गोरखा आँपपिपल–४ का बालकृष्ण न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । बजारमा केही दिनदेखि पेट्रोलको अभाव भएको मौका छोपेर न्यौपानेले ललितपुर इमाडोलका लक्ष्मण बजगाइसँग ३० हजार, काठमाडौं सितापाइलाका मनोज धितालसँग २० हजार रुपैयाँ लिई फरार भएका थिए । अन्य व्यक्तिलाई पनि सोही बहानामा ठग्न लागेको मौकामा निजलाई सिफलबाट प्रहरीले पक्राउ गरेको हो ।
यसैबीच सिन्धुली अमबोट–६का रामप्रसाद पहाडीको खेतमा बोरामा गाडेको अवस्थामा ११ थान सकेट बम फेला परेको छ । पहाडीले खेतमा गईबस्तु चराइरहेको अवस्थामा गाईले खेतको आली भत्काउँदा आलीनजिक गाडेको अवस्थामा उक्त सकेट बम फेलापरेको प्रहरीलाई जानकारी दिएका छन् । उक्त बम डिस्पोजको लागि नेपाली सेनाको चण्डी दल गण ठुलीटारबाट टोली खटिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य