प्रियंकाले खोलिन डीवोर्सको आफ्नो कथा

२४ फाल्गुन २०६९, बिहीबार ०३:१२ मा प्रकाशित

काठमाडौं । आफ्नो श्रीमान्सँग एक वर्षअघि पारपाचुके गरेको समाचार नायिका प्रियंका कार्कीले हालैमात्र बजारमा ल्याएकी छिन्। यो समाचारले दर्शकमा उनी माथिको सम्मान र प्रतिष्ठा अझ गिरेको छ। लोग्नेसँग डिभोर्स भएको समाचार एक वर्षसम्म उनले किन लुकाइन् भन्नेबारे यतिबेला चलचित्रकर्मीले नै प्रश्न उठाएका छन्। केही समय अमेरिका बसेर नेपाल आएपछि सिनेमा क्षेत्रमा प्रवेश गरेकी प्रियंका कार्की चलचित्रमा पनि जम्न सकिनन्। उनी केबल मिडियामा मात्र चर्चित छिन्। प्रियंकाले अभिनय गरेकोमध्ये दुईओटा सिनेमा रिलिज भइसकेका छन्। उनले रिलिज भएको पहिलो फिल्म थ्री लभर्सले त काठमाडौंमा मुस्किलले तीन लाख रुपैयाँले सेयर पायो। यो सिनेमालाई न त दर्शकले रुचाए। न त उनको भूमिकालाई नै दर्शकले मन पराए। उनले अर्को फिल्म कलिउडबाट निकै आशा गरेकी थिइन्। नेपाल सिनेमामा नायिका बन्नेहरूले फिल्म पाउन निर्माता निर्देशकसँग शारीरिक सम्बन्ध राख्नुपर्छ भन्ने कथा बोकेको यो फिल्मलाई नायिकाहरूले नै बहिष्कारको अभियान चलाए। यो फिल्म पनि गतिलो थिएन। सोही कारण कलिउड चलेन। कलिउडसँगे प्रियंका कार्की पनि असफल भइन्। उनको चुरीफुरीलाई दर्शकले ‘रेडकार्ड’ देखाइदिए। कलाकारहरूको चरित्रले पनि दर्शकमा उनीहरूको सम्मान स्थापित हुन्छ। तर फिल्म खेल्न थालेपछि लोग्नेसँग डिभोर्स भएको समाचार प्रियंकाको बाहिर आएको छ। जसले गर्दा उनीप्रतिको दर्शकको सम्मानमा अझ कमी नआउला भन्न सकिन्न। हुन त यतिबेला उनको अर्को फिल्म भिजिलान्ते पनि प्रदर्शनको तयारीमा छ। यसअघिको फिल्मबाट निराशमात्र भएकी प्रियंकाले यो फिल्मबाट केही आशा गरेकी छिन्। मिडियामा निकै स्थान पाएकी यी अभिनेत्रीका फिल्म असफल भएपछि उनलाई फिल्ममा लिने चाहनेहरूले पनि आफ्नो योजना बदल्न थालेका छन्। दर्शकले पनि उनलाई सिनेमामा खासै साथ दिएनन्। फिल्म करिअरकै लागि अमेरिका छाडेर नेपाल आएर संघर्ष गरेकी प्रियंका किन चलिनन् त? यो पनि चिन्तनीय प्रसंग हो। आउँदो फिल्म भिजिलान्तेमा भने उनले सफलता पाउने आशा गरौं। यदि भिजिलान्ते सफल भएमा अस्ताउँदै गरेको प्रियंकाको फिल्मयात्रा फेरि उदाउनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । नायिका सुरविना कार्की आजभोलि फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा सक्रिय छिन् । नेपाली दर्शकले उनलाई फिल्म ‘लप्पन

काठमाडौं । इन्टरनेट पहुँचको सहजतापछि विश्वभर पोर्न उद्योगले धेरै ठूलो सफलता पाएको छ । पोर्न उद्योगले धेरै कलाकारहरूलाई सफलताको स्वाद

काठमाडौं । अहिले सामाजिक सञ्जालले नै कलाकारलाई स्टार बनाइरहेको छ । सामाजिक सञ्जालमा जम्न नसकेकाहरुलाई गुमनामपनि बनाइरहेको छ यो एक यस्तो

भारतीय रियालिटी शो बिग बोसको सिजन ५ मा देखिएकी पूजा मिश्राले बलिउड अभिनेता शत्रुघ्न सिन्हा र उनको परिवारमाथि गम्भीर आरोप