निर्देशकसँग लभ परेपछि …!

२४ फाल्गुन २०६९, बिहीबार ०३:०६ मा प्रकाशित

काठमाडौं । चैतमा रिलिज हुने भनिएको चलचित्र सुपरहिटको चर्चा खासै छैन। बरु सो फिल्मकी नायिका विनिता बराल र निर्देशक निरञ्जन पाण्डेको प्रेमसम्बन्ध यतिबेला नेपाली सिनेमामा चर्चाको विषय बनेको छ । तर यो प्रसंगलाई नायिका बरालले अस्वीकार गरेकी छिन्। छायांकनकै क्रममा यी दुईको मायाप्रेम बसेको एक प्राविधिकले बताए। ती प्राविधिकका अनुसार सिनेमामा अर्का निर्देशक सौरभ ढकाल निर्देशनमा व्यस्त रहन्थे भने निरञ्जन धेरैजसो समय विनिताकै वरिपरि हुन्थे। निरञ्जन र विनिताको प्रेमसम्बन्ध मौलाएपछि चलचित्रको सबैजसो काममा विनिता नै हाबी भएको पनि ती प्राविधिकले दाबी गरे। विनिता हाबी भएकै कारण सौरभ ढकालले राम्ररी काम गर्न नपाएको पनि ती प्राविधिकको दाबी छ। चैतमा आउने फिल्म सुपरहिट ‘हरर र थि्रलर’ जनरको बनेको छ। तरले भन्दा विनिता र निरञ्जनले प्रेमले चर्चा पाएपछि यो फिल्मका बाँकी कलाकार र प्राविधिक चिन्तित भएका छन्। हावा नचली पात हल्लिँदैन नि भन्ने प्रसंगमा देशान्तरसँग विनिताले भनिन्, ‘निरञ्जनको र मेरो विवाह भएको समेत हल्ला चल्यो। सँगै काम गर्दा मायाप्रेम बस्नु स्वाभाविक नै भए पनि ऊ र मबीच त्यस्तो प्रेमीप्रेमिकाको जस्तो सम्बन्ध छैन।’ निरञ्जनसँग विवाह भएको हल्ला निराधार भएको भन्दै उनीसँग प्रेम न नपरेकाले विवाह नहुने पनि उनले दाबी गरिन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक हेमन्त शर्माको नयाँ गीत ‘ए मेरो असफल मायालु’ सार्वजनिक भएको छ । सोमबार गायक शर्माकै युट्युब च्यानलबाट

बलिउड । बलिउड नायिका दिशा पटानीले आज आफ्नो २९ औं जन्मदिन मनाउँदैछिन् । दिशा भारतको उत्तरप्रदेशको बरेलीमा जन्मिएकी हुन् ।

काठमाडौं । नेपाल प्रहरीलाई चर्चित वलिउड नायिका मनिषा कोईरालाले कोरोना महामारीको प्रतिकार्यका लागि स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ ।

काठमाडौं । नायिका केकी अधिकारी १० दिने ‘आर्यमौन विपश्यना ध्यान शिविर’बाट फर्किएकी छन्। पहिलोपल्ट विपश्यनाका लागि गएको भन्दै अनौठो अनुभूति