पुरुष नभएपछि महिलाहरु क्रिया बसे

२४ फाल्गुन २०६९, बिहीबार ०३:०० मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २४ फागुन । गाउंका धेरै पुरुषको दुर्घटनामा एकैदिन ज्यान गएर क्रिया बस्ने पुरुष नभएपछि पाल्पा चिदिपिानी ७ बुढिकोटका महिलाहरु कृया बसेका छन । फागुन २० गते वेहुला केशबहादुरको ढोगभेट गरेर फर्किदै गर्दा बस दुर्घटनामा परी २५ जनाको मृत्यु भएपछि घरमा पुरुषहरु नभएपछि महिला नै कृया बस्न बाध्य भएका हुन । मृत्यु हुनेमा अधिकाश पुरुष भएकोले र घाईतेहरु उपचारको लागी अस्पतालमा भएकोले धार्मिक निति नियमा विपरित भएपनि बुढिकोटका महिलाहरु कृया बस्न बाध्य भएका हुन । बाबा र दाई गुमाएका बेहुला केशबहादुरको घरमा आमा जिव कुमारी चर्ति भाउजु मिना कुमारी चर्ति कृयामा बसेका छन । बेहुला केशबहादुर, बेहरी विष्णु कुमारी र भतिजी भुमिका मिसनमा उपाचारको लागी भर्ना भएकोले घरमा कृया गर्ने मानिस नभएपछि श्रीमान गुमाएका सासु बुहारी कृयामा बसेका हुन । अमर बहादुर जर्घाका ३ भाई छोरा भएतापनि कृया भने श्रीमतिले मात्र गनुृपर्यो । २ वटा छोरा विदेशमा एउटा छोरा र बुहारी सोही दुर्घटनामा परी अस्पतालमा उपचार गराईरहेको बाध्य भएर बिष्णु जर्घा कृयामा बस्नु पर्यो । बेद बहादुर विरकट्टाको घरमा पनि २ जनाको मृत्यु भएपछि आमा छोरा कृयामा बसेका छन । संगै मर्ने संगै जिउने बाचा सहित यही माघ ५ गते चिदीपानी ७ बुढिकोटका रमेश विक डेढ महिनाको अवधीमा श्रीमान रमेश लाई राम्रो संग चिन्न नपाउदै दैवले लगिदिएपछि रमेशकी श्रीमती कलिलो उमेरमै कृया बस्नु परेको छ । मृत्यु हुनेमा बेद बहादुर र अमर बाहेक सवै ३० बर्ष मुनिका रहेका छन । बेहुला केश बहादुरले बाबु र दाई मात्र होईन अधिकाश आफन्त पनि गुमाए । वेहुलाको बेद बहादुर विरकट्टा मामा अमर बहादुर जर्घा साढु भाई, नविन र नविना सुर्यवशी भान्जा भान्जी गरी ८ जना लाई गुमाउनु परेको १० जना आफन्तहरुले अस्पतालमा उपचार गराईरहेका छन । चर्ति, विरकट्टा, जर्घा, सुर्यवशी, सारु गरी ५ परिवारले घरका मुली व्यक्ति सहित १० जना गुमाएका छन भने १२ जनाले मिसन र लुम्विनी मेडिकल कलेजमा उपचार गराईरहेका छन । दुर्घटनाको कारण चिदिपानीको बुढीकोट सुनसान रहेको छ । गाउँ युवा विहिन भएको छ । गाउँका सवैजसोको अध्यारो मुख भएको छ । चालकको लापरवाहीको कारण दर्जनौ महिलाहरुको सिन्दुर पुछिएको छ भने कयौ वाबुआमाको कोख नै रित्तिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा