पूर्वमित्रद्वारा प्रचण्ड-भट्टराईलाई जेल पुर्याउने धम्की

२३ फाल्गुन २०६९, बुधबार १८:१६ मा प्रकाशित

काठमाडौं, २३ फागुन । कुनैबेला प्रचण्ड–बाबुरामनिकट रही काम गरेका मणि थापाले थापाले बाबुराम भट्टराई र प्रचण्ड लामो समयदेखि विदेशीका एजेण्ट बनेको आरोप लगाउँदै उनीहरुलाई जेल पुर्याउने आन्दोलनको आवश्यकता औंल्याएका छन् । हाल नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारीका संयोजक रहेका थापाले विराटनगरमा भारतीय सेनाले अखडा जमाएको आरोप लगाउँदै भारतीय सेनाको अखडालाई ध्वस्त बनाएर सशस्त्र युद्ध सुरुवात गर्ने चेतावनी समेत दिएका छन् ।
मुलुकलाई सामाजिक फासिवादमा लैजान बाबुराम र प्रचण्डले योजनावद्ध रुपमा प्रधानन्यायधिसको नेतृत्वको प्रस्ताव ल्याएको दावी गर्दै मुलुकको प्रजातान्त्रिक संरचनालाई ध्वस्त पारेर नेपाललाई विदेशीको खेल मैदान बनाएको आरोप थापाले लगाए ।
राजधानीमा बुधवार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानन्यायधिसको सरकार बहिस्कार गर्ने र त्यस सरकारले गर्ने निर्वाचनमा समेत सहभागि नहुने घोषणा गर्दै अब हुने तेस्रो जनआन्दोलनबाट बन्ने सरकारले मात्रै निर्वाचन गराउन सक्ने चेतावनी दिए । उनले जनआन्दोलन तेस्रो गर्ने र त्यसलाई दवाउन खोजिए हतियार उठाएर दोस्रो जनयूद्ध गर्ने उद्घोष गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत