स्कूलकी महिला कर्मचारीलाई स्थानीयले लगाए मोसो

२३ फाल्गुन २०६९, बुधबार १८:०३ मा प्रकाशित

काठमाडौं, २३ फागुन । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका ४ स्थित मनकामना प्राविकी पियन मैया कार्कीलाई स्थानीय अभिभावकले मोसो दलेका छन् । शिक्षक र अभिभावकबीच लामो समयदेखि द्वन्द चलिरहेको सो स्कूलमा गत असोजदेखि नै ताला लागेको छ । शिक्षकहरु नियमित रुपमा स्कूल नआउने र हिसाब पनि हिनामिना गरेको आरोप अभिभावकहरुले लगाउँदै आएका तर शिक्षकहरुले सो इन्कार गर्दै स्कूलमा लगाइएको ताला खोलेर सञ्चालन गर्ने प्रयास गर्दैआएका बताइन्छ । यही क्रममा हिजो मंगलबार ताला खोलेर सरसफाइका लागि स्कूल छिर्न खोज्दा कार्कीमाथि मोसो दल्ने र कुटपिट जस्ता दुव्र्यवहार गरिएको थियो । कुटपिटबाट कार्की घाइते भएकी छिन् भने सिन्धुली जिल्ला अस्पतालमा उनको उपचार भइरहेको छ ।
क्रुद्ध स्थानीयले प्रधानाध्यापिका बिनु खड्का र शिक्षक कमला खड्कालाई पनि हातपता गर्न खोजेका थिए तर उनीहरु भागेर जोगिएका बताइएको छ । अभिभावकहरुले उल्लेखित तीनैजनालाई अन्यत्रै सरुवा गरी नयाँ शिक्षक तथा कर्मचारी ल्याउन माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेका छन् । केन्द्रीय समिति

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै

आजको प्रमुख समाचार