प्रधानन्यायाधीशलाई अवहेलनाको मुद्दा लाग्न सक्ने शेखरको ठहर

२३ फाल्गुन २०६९, बुधबार १७:४४ मा प्रकाशित

काठमाडौं, २३ फागुन । बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन प्रस्तावको तीव्र बिरोध गर्दै आएका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले खिलराज रेग्मी प्रधानमन्त्री बनेको दिनदेखि मुलुकमा तानाशाही शासन सुरु हुने दाबी गरेका छन् । उनले व्यक्ति खिलराजको आफूले विरोध नगरेको स्पष्ट पार्दै प्रधानन्यायधिस प्रधानमन्त्री बने कार्यपालिका, न्यायपालिका र ब्यवस्थापकीय अधिकार एउटै ब्यक्तिमा नीहित हुने भएकोले निरकुंशता अवश्याम्भावी हुने ठोकुवा गरे । ‘बाबुराम भट्टराई नामका तानाशाह हटाउने नाममा अर्को तानाशाह नजन्माऔँ’, कोइरालाको अनुरोध थियो ।
रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले बाबुराम भट्टराईलाई हटाउने र निर्वाचन गराउने नाममा मुलुकमा लोकतान्त्रिक मुल्य–मान्यतालाई बलि नचढाउन आग्रह गर्दै बहालवाला प्रधानन्यायाधीशवाहेकको जुन सुकै विकल्प स्विकार्न समेत आफू तयार रहेको बताए ।
एमाओवादीकै आग्रहमा पार्टी सभापति सुशील कोइरालाको नाम घोषणा गरेकोले पहिला किन उहाँ हुन नसक्ने भनी जवाफ आउनु पर्ने तर्क गर्दै साना दल, पूर्वसभामुख उपयूक्त विकल्प हुनसक्ने प्रस्ताव कोइरालाले गरे । कोइरालाले सर्वोच्च अदालतमा विचाराधिन रहेको विषयलाई फैसला आउनुभन्दा अघि अर्थात फागुन २४ गते अघि नै सरकार बनाउने तयारी गरेका शिर्षनेताहरुले लोकतन्त्र नै नबुझेको स्पष्ट भएको बताए । मुद्दा विचारधिन हुँदाहुँदै प्रधानमन्त्री स्विकार्ने र अदालतबाटै विज्ञप्ति निकाल्ने प्रधानन्यायधिसलाई अदालतको अवहेलनासम्बन्धी मुद्दा लाग्ने उनको धारणा थियो ।
उनले भने– ‘माओवादी जे भन्दै छ प्रधानन्यायधिस त्यही बोल्दैछन् । माओवादीले संविधानसभामै न्यायपालिकालाई संसद मातहत राख्नु पर्छ भनेको थियो । अहिले त्यही षडयन्त्रमा अघि बढिरहेको देखिएको छ ।’ प्रधानन्यायधिस नेतृत्वको चुनावी सरकारले जेठमा त के मंसिरमा समेत निर्वाचन गर्न नसक्ने ठोकुवा कोइरालाले गरे ।
सोही कार्यक्रममा राष्ट्रिय जनशक्ति पार्टीका सह अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले निर्वाचन राजनीतिक विषय भएकोले समाधान पनि राजनीतिक दलले मात्रै दिन सकने भन्दै प्रधानन्यायधिसले समस्याको समाधान गर्नै नसक्ने ठोकुवा गरे ।
चार दलका शिर्ष नेताहरु ‘चार राजा’ बन्न खोजेकोले मुलुकमा समस्या उत्पन्न भएको दावी गर्दै लोहनीले शक्ति सन्तुलनको विधायिकी खुट्टा भाँचिएर असन्तुलित भएको बेला प्रधानन्यायधिसलाई प्रधानमन्त्री बनाउने कुरा गरेर अर्को खुट्टा समेत भाँच्ने षडयन्त्र भएको आरोप लगाए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाओवादीले निर्वाचनको खेती गरेर हेगमा जान नपरोस् भन्ने दाउ कसेको र मधेसी मोर्चाले पनि सोही नाममा लाखौँ भारतीयलाई बंशजको आधारमा नागरिकता दिलाउने षडयन्त्र गरेको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने