चुनाव गराउने मन्त्रालय कांग्रेस–एमालेले लिउन् : प्रमका सल्लाहकार पौडेल

२३ फाल्गुन २०६९, बुधबार १७:२९ मा प्रकाशित

काठमाडौ, २३ फागुन । प्रधानमन्त्री प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले प्रधान्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन हुन नसके अहिलेकै सरकारमा कांग्रेस, एमालेहरुलाई गृह, अर्थ, रक्षा र सामान्य प्रशासन जस्ता महत्वपूर्ण मन्त्रालय दिएर निर्वाचनमा जानु पर्ने धारणा अघिसारेका छन् । प्रधान्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन नगरे प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा निर्वाचन गराउने विकल्प प्रस्तुत गर्दै उनले बहालवाला सरकारकै नेतृत्वमा जाँदा निर्वाचनलाई प्रभावित पार्न सक्ने शंका भए कांग्रेस र एमालेले निर्वाचनसँग सम्बन्धित कुन–कुन मन्त्रालय लिनुपर्छ लिए हुन्छ भन्ने अभिव्यक्ति दिए । संविधानसभाबाटै संविधान जारी गराउन जुनसुकै विकल्पमा जान सकिने तर्क गर्दै उनले चुनावमार्फत जनतामा जानुभन्दा ठूलो लोकतान्त्रिक विधी र प्रक्रिया अरु हुनै नसक्ने ठोकुवा गरे ।
लोकतान्त्र र शक्तिपृथकीकरणको जतिसुकै दुहाई दिए पनि निर्वाचनमा जानुको विकल्प कुनै पनि दलहरुसँग नभएको स्पष्ट पार्दै निर्वाचनमा विवाद गरेर लोकतन्त्र संस्थागत हुन नसक्ने दावी उनको थियो ।
प्रधानन्यायाधीशलाई चुनावी परिषदको अध्यक्ष बनाउन संविधानले रोक्न नसक्ने दावी गर्दै पौडेलले जेठ सम्ममा निर्वाचन हुने छलफल र निचोडकै आधारमा प्रधानन्यायधिसलाई प्रस्ताव गरिएको स्पष्ट पारे । उनले भने– ‘हचुवाको भरमा जेठमा चुनाव हुन्छ भनिएको होईन । निर्वाचन आयोग, पूर्व पदाधिकारी, प्रहरी, शसस्त्र, सेना र ब्यूरोक्रेसीसँग छलफल यस्तो प्रस्ताव ल्याईएको हो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी