‘अयोग्य लडाकु’ले दिए युद्धको धम्की !

२३ फाल्गुन २०६९, बुधबार ०८:५४ मा प्रकाशित

काठमाडौं, २३ फागुन । एकथरी माओवादीले प्रधानन्यायाधीश नेतृत्वको सरकार गठन गर्ने बताइरहेको बेला अर्कोथरी माओवादीका कार्यकर्ताले त्यसको विरोध गर्दै हतियार उठाउनेसम्मको धम्की दिएका छन् । नेकपा–माओवादीसँग निकट रहेका बहिर्गमित अयोग्य लडाकुहरूले प्रधानन्यायाधीश नेतृत्वको सरकार निर्माण प्रक्रियाप्रति असहमति जनाउँदै उनीहरूले आफ्ना माग पूरा नभए हतियार उठाएर छापामार युद्ध सुरु गर्ने चेतावनी दिएका छन् । 
सेनामा समायोजनका लागि अयोग्य देखिएको भन्दै बहिर्गमनमा परेका झन्डै तीन हजारको सङ्ख्यामा रहेका अयोग्य लडाकु सङ्घर्ष समितिले आफूहरूमाथि लगाएको अयोग्यको बिल्ला हटाउनुपर्ने, स्वेच्छिक अवकाश रोजेका माओवादी लडाकुसरहको रकम दिनुपर्ने तथा राष्ट्रिय सहमतिका आधारमा गोलमेच सम्मेलन गरी राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेजस्ता माग राख्दै छापामार आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
उनीहरूले आफ्ना माग पूरा गर्न सरकारको नेतृत्व तथा एमाओवादी नेतृत्वलाई अल्टिमेटम दिँदै फेरि सशस्त्र युद्ध गर्ने चेतावनी दिएका हुन् । उनीहरूको भनाइ छ, ‘सरकारले आगामी २० चैतसम्ममा पनि हाम्रा माग पूरा गर्नेतर्फ अग्रसर नभए हतियार उठाएर छापामार युद्धमा जानेछौँ ।’
सङ्गठनका संयोजक लेलिन विष्टका अनुसार जिल्ला बन्द, नेपाल बन्दजस्ता विरोधका कार्यक्रमले मात्र सरकारले आफ्ना माग सुनुवाइ नगरेकोले छापामार ढङ्गबाट अगाडि बढ्ने योजना बनाइएको हो । विष्टले भने, ‘जनमुक्ति सेनालाई हतियार उठाउन बाध्य नबनाउन एमाओवादी पार्टी नेतृत्व तथा सरकारी अधिकारीहरूले सोच्नुपर्छ, ‘शान्ति–प्रक्रियाको एउटा हिस्सालाई अलग राखेर सरकार अघि बढ्न नसक्ने र अगाडि बढ्न पनि दिइने छैन ।’
सरकारसँग आफूहरूले २१ पटक वार्ता गरिसकेको भन्दै अहिले सर्वोच्चले गर्ने निर्णय पनि आफूहरूको पक्षमा नभए अब सरकारसँग वार्ता नगर्ने सङ्घर्ष समितिका संयोजक विष्टले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।

काठमाडौ । संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधि सभा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले