साहित्य महासङ्घले नयाँ बर्ष ०६९ को अवसरमा विविध कार्यक्रम गर्ने

१९ चैत्र २०६८, आईतवार ११:३९ मा प्रकाशित


ब्रुनाई, गत २९ मार्च ११ का दिन विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रिय समितिको नियमित बैठकले विक्रम सम्वत नयाँ बर्ष २०६९ को अवसरमा विविध कार्यक्रम गर्ने निर्णय गरयो ।

विश्वभरका विभिन्न मुलुकमा निर्माण भएका महासङ्घ शाखाहरुलाई पनि विभिन्न कार्यक्रम गरि नयाँ बर्षलाई भब्यरुपले मनाउन निर्देशन दिएको छ भने केन्द्र र काठमाण्डो शाखाद्धारा काठमाण्डो केन्द्रित कार्यक्रम गर्ने छलफल भएको छ ।

अध्यक्ष डा. मधु माधुर्यको अध्यक्षतामा बसेको बैठकको प्रारम्भमा हरी शिवाकोटि (क्यानडा), पुरानोघरे (अमेरिका), भगवती वस्नेत (इजरायल), दीप दर्शन (मलेशिया), सागर श्रेष्ठ (साउदी अरेविया), पुरु जोशि (दक्षिण कोरिया), चर्चित ढुङ्गेल (युएइ) लगायतले सिर्जना बाचन गरेका थिए । साथै इजरायल शाखाका अध्यक्ष कविता शर्मा, क्यानडा शाखाका अध्यक्ष लगायतको उपस्थितीलाई बैठकले स्वागत गरेको थियो । बैठकलाई महासचिव विश्वासदीप तिगेलाले संचालन गरेका थिए ।

महासङ्घका पदाधिकारीहरु गोविन्द गिरी प्रेरणा (अमेरिका), समदर्शि काँइला (युएइ), खगेन्द्र अधिकारी (साउदी अरेविया), वेदा दाहाल (अमेरिका), तीर्थ संगम राई (कतार), भानु सुनुवार (कतार) लगायतले काम विशेष बैठकमा उपस्थित हुन नसकेको औपचारिक जानकारी गराउनु भएको थियो ।

बैठकले महासङ्घ केन्द्रिय सदस्य गणेश खड्का (सेसेल्स) भर्खरै विवाह बन्धनमा बाँधिनु भएकोमा शुभ कामना प्रस्ताव पारित गरयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका पुगेको एक नेपाली जोडीबीच भयङ्कर मनमुटावपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग बिहा गरी आफ्नो विद्यावारिधि

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले