भेनेजुएलाका विवादास्पद कम्युनिष्ट राष्ट्रपति ह्यूगो चावेज रहेनन्

२३ फाल्गुन २०६९, बुधबार ०७:४३ मा प्रकाशित

एजेन्सी, २३, फागुन । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कटु आलोचक ह्यूगो चावेजको अन्तत क्यान्सर रोगका कारण निधन भएको छ । स्थानिय समय अपरान्ह ४ बजे उपराष्ट्रपति निकोलस मदुरोले चावेजको निधन भएको औपचारिक घोषणा गरेका हुन् । गत साता देखि भेनेजुएला सरकारले चावेजको स्वास्थ्य कठिन अवस्थामा गुज्रिएको जनाएको थियो । राष्ट्रपति चावेज पछिल्लो १ वर्षदेखि क्यान्सर रोगले ग्रस्त रहेका थिए । क्यान्सर रोगले ग्रस्त कारण चावेजको पटक पटक शल्यक्रिया गरिए पनि उनको स्वास्थ्यमा कुनै सुधार आउन सकेन । राष्ट्रपति ह्यूगो चावेज उनको प्रिय मुलुक क्यूवामा उपचार गरेर फर्किए पछि सार्वनिक जीवनमा देखा परेका थिएनन् । उनको निधनप्रति कम्युनिष्ट राष्ट्र र नेताहरुले सोक व्यक्त गरेका छन् भने अमेरिकी राष्ट्रपति बाराक ओबामाले चावेजको निधन भेनेजुएलाका लागि नयाँ चुनौती भएको बताएका छन् । उपराष्ट्रपति मदुरोले स्थिति बिग्रन नदिन सशस्त्र सेना परिचालन गरेका छन् भने भेनेजुएलाको सेनाले विज्ञप्ती जारी गर्दै उपराष्ट्रपति र संसदप्रति पफादार रहेको बताएको छ । बिगत १४ वर्षदेखि भेनेजुएलाको राष्ट्रपति रहेका कम्युनिष्ट नेता ह्युगो चावेजले गत अक्टोबरमा सम्पन्न चुनावमा विजय हासिल गरेका थिए तर राष्ट्रपतिको आगामी कार्यकालको सपथ लिनु अघिनै उनको निधन भएको छ । अमेरिकाको कटु आलोचक ह्युगो चावेज सन् १९९२ मा असफल सैन्य विद्रोहपछि भेनेजुएलाको राजनीतिमा स्थापित भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार