बिते ह्युगो चाभेज

२३ फाल्गुन २०६९, बुधबार ०८:०६ मा प्रकाशित

एजेन्सी/  दक्षिण अमेरिकी देश भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेजको निधन भएको छ । विगत एक वर्षयता उनी क्यान्सरसँग जुध्दै आएका चाभेज निधनको आधिकारिक घोषणा उपराष्ट्रपति निकोलस मदुरोले गरेका छन् । 
निकै समयदेखि सार्वजनिक तवरमा नदेखिएका चाभेज गत महिना मात्र कराकासमा सर्वसाधारणसमक्ष देखापरेका थिए । चाभेजको निधनप्रति भेनेजुयलाका जनताका साथै विश्वका कैयन नेताहरुले गहिरो दुःख प्रकट गरेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले ह्युगो चाभेजको निधन भेनेजुयलाको लागि एक चुनौतीपूर्ण समय भएको प्रतिक्रिया दिएका छन् । अमेरिका भेनेजुयलाका जनताप्रति फेरि एकपटक आफ्नो समर्थन पुष्टि गर्ने अभिव्यक्ति समेत ओबामाले दिएका छन् ।
चाभेजको निधनलगत्तै भेनेजुयलाको सरकारले देशभर नागरिकको सुरक्षाका लागि भन्दै सशस्त्र सेना तैनाथ गरेको बताइएको छ । त्यहाँको सेनाले विज्ञप्ति प्रकाशित गरी उपराष्ट्रपति एवम् संसदप्रति वफादारी दर्शाएको पनि बताइएको छ ।
विगत १४ वर्षदेखि भेनेजुयलाका राष्ट्रपति रहेका ५८ वर्षिय ह्युगो चाभेज ल्याटिन अमेरिकाका अत्यन्त विवादित नेताका रुपमा पनि चिनिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

भारतमा एकैदिन ८० लाख मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । एकैदिन यतिधेरै संख्यामा खोप लगाइएको अहिलेसम्मकै पहिलो घटना भएको

न्यूयोर्क । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ६७ लाख ३ हजार ५५३ रहेका छन्

रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआइएफ)ले आफुले बनाएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक-भी बहराइनमा ९४.३ प्रतिशत प्रभावकारी भएको दावी गरेको छ ।

आजको प्रमुख समाचार