न्यूयोर्क च्याप्टरद्वारा अन्तराष्ट्रिय महिला दिवश सम्पन्न

२३ फाल्गुन २०६९, बुधबार ०२:५८ मा प्रकाशित

चुङगता गुरुङ, न्यूयोर्क । मार्च ३ का दिन नेपाली जनसंपर्क समिति न्यूयोर्क च्याप्टरले १०२ औँ विश्व महिला दिवस एक भव्य अन्तरकृया कार्यक्रम गरेर मनायो । हाल नेपालमा महिला माथि भैरहेको बढ्दो हिम्सा र ज्यादतीलाई मुख्य बिषय बनाउदै गरिएको उक्त अन्तर्कृया कार्यक्रमका सबै वक्ताहरुले महिला माथि हिँशा हुनुको मुख्य कारणहरु पितृसतात्मक सोच, धार्मिक र सामाजिक संस्कार, आर्थिक, अशिक्षा, चेतनाका कमी, पुरातन रुढिबादी सोचका साथै केही मात्रामा, पुरुष र समाजनै मौन रहनुले भएको कुरा औल्याए । सो कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पुर्व सभासद महेन्द्र ध्योज जि. सि. काँग्रेस नेता त्रैलोक्यो प्रताप सेन, नेपाली काँग्रेस उत्तर अमेरिकाका केन्द्रिय प्रतिनिधि म्रिदुल कोइराला, संयुक्त राष्ट्र संघका लागि स्थाइ प्रतिनिधि का. सेवा लम्साल अधिकारी. गोमा सेन लगायतले आफ्नो मन्तब्य राखेका थिए । सहिद र नेपाली काँग्रेसका सन्त नेता स्वा. कृष्ण प्रसाद भट्टराईको स्‍मृति दिवसको सम्झनामा एक मिनेट मौन धारण गरेर सुरु गरिएको उक्त अन्तर्कृया कार्यक्रम न्यूयोर्क चाप्टरका सकृय सदस्य पुनम राना मगरद्वारा सन्चालन गरेको थियो भने, स्वागत मन्तब्य चाप्टरका सकृय सदस्य शारदा छेत्रीले राखेका थिए । अन्तर्कृया कार्यक्रमका प्रमुख प्रस्तोताहरु लिली थापा, बिष्णुमाया परियार र गौरी मल्ल ले “नेपालमा बढ्दो महिला हिँशा” का बारेमा आफ्ना अनुभवहरु राखेका थिए । यसै कार्यक्रममा बिष्णुमाया परियारलाई विशिष्ट सामाजिक सेवा गरे वापत खादा ओढाइ सम्मान गरीएको थियो । उपस्थिथिले खचाखच भरिएको सो कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रम संयोजक ने. ज. स.अधिवेसन तयारी समिती न्यूयोर्क च्याप्टरका सदस्य सचिब जनेस गुरुङले नेपालमा महिला माथि भैरहेको बढ्दो हिम्सा र ज्यादतीप्रती अन्तरराष्ट्रिय जगतको ध्यान जाओस भन्ने उद्देश्यले यस्ता समस्यालाई विश्वोको यो ठुलो शहरमा छलफल गर्ने सानो प्रयास गरेको कुरा बताउदै, नेपालमा महिला माथि हुने हिम्साको बिरुद्दमा भइरहेको शान्ति पूर्ण आन्दोलनमा नेपाली जनसंपर्क समिति न्यूयोर्क चाप्टरको समेत एक्यबद्दता रहेको कुरा राख्दै कार्यक्रमलाई समापन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा

लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी

कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको