बुधबार र बिहिबार लगातार नेपाल बन्दको आहवान

२३ फाल्गुन २०६९, बुधबार ०२:५५ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २३, फागुन । दुई अलग अलग संगठनले बुधबार र बिहिबार लगातार नेपाल बन्दको आहवान गरेका छन । नेकपा माओवादी सहित पांच पार्टिको मार्चा संघिय जनगणतान्त्रिक मोर्चा नेपालले बुधवार बन्दको आहवान गरेको छ । मोर्चामा मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी, मातृका यादव नेतृत्वको नेकपा माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी, लिम्बुवान संघिय परिषद आबद्ध छन । त्यसको भोलीपल्ट बिहिबार मधेशी जनाधिकार फोरम नेपालले बन्दको घोषणा गरेको छ । अलग अलग माग राखेर दुई संगठनले लगातार बन्द घोषणा गरेका हुन । प्रधानन्यायाधिसको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रमुख चार दलको निर्णयको प्रतिवाद स्वरुप मोर्चाले नेपाल बन्द गरेको हो । स्थानिय निकायको निर्वाचन, संबिधान सभाको चुनाव, दण्डहिनताको अन्त्य लगायतका माग राखेर बन्दको आहवान गरेको मधेशी जनाधिकार फोरम नेपालका नेता महेन्द्र यादवले जानकारी दिए । नेकपा माओवादी रुपन्देहीका इन्चार्ज बसन्त श्रेष्ठले प्रधानन्यायाधिशको नेतृत्वमा सरकार बनाउने निर्णय खारेजीका लागी दबाब दिन बन्द गरिएको बताए । उनले बुधवार बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म बन्द कायम रहने बताए । सो अवधीभर उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, शिक्षण संस्था, यातायात, कार्यालय सबै क्षेत्र बन्द गरि सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले हिजो प्रतिगमनकारी कदमको विरुद्धमा रहेका शक्तिहरुको बीचको एकता नै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ