गिद्धाह्वान् (दामोदर सुवाल)

१९ चैत्र २०६८, आईतवार ११:३२ मा प्रकाशित

गिद्धहरु !
आउ ! लुछ्,
यहाँ यौटा
गिंडबिनाको धड्,
मेचीदेखी महाकालीसम्म
ड्याम्मै लडेको छ,
फेद कातियको
सालको रूखझैं ।

हुँडारहरुले झैं
खिट्का हाली हाली लुछ्,
यहाँ गणतन्त्र छ
मनतन्त्र,
त्यसैले
सबै सबै
स्वतन्त्र छन् ।

आउ ! लुछ्,
गौपालहरुको मुकुण्डो
लगाएर लुछ ।
महिस्पालहरुको मुकुण्डो
लगाएर लुछ ।
यलबरको मुकुण्डो
लगाएर लुछ ।
यक्ष मल्लको मुकुण्डो
लगाएर लुछ ।
यहाँ गणतन्त्र छ
मनतन्त्र,
त्यसैले
सबै सबै
स्वतन्त्र छन् ।
अर्धमृत यो देशलाई
सके तिमी आफ्नै तुच्छ
नाउँमा लुछ ।

गिद्धहरु !
आउ ! लुछ्,
यहाँ यौटा
गिंडबिनाको धड्,
मेचीदेखी महाकालीसम्म
ड्याम्मै लडेको छ,
फेद कातिएको
सालको रूखझैं ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका पुगेको एक नेपाली जोडीबीच भयङ्कर मनमुटावपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग बिहा गरी आफ्नो विद्यावारिधि

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले