चिनीयाँ राष्ट्रपतिको सपथका कारण तातोपानीमा कडाई

२२ फाल्गुन २०६९, मंगलवार २२:१७ मा प्रकाशित

रासस/ चौतारा, २२ फागुन । नेपाल र चीनबीचको सीमा नाका तातोपानीमा चीनविरोधी गतिविधि हुन नदिन सुरक्षा व्यवस्था कडा पारिने भएको छ। चीनका राष्ट्रपतिले सपथ गर्ने भन्दै सो कार्यक्रमलाई ध्यानमा राखी चीनविरोधी गतिविधि हुन नदिन चिनिया अधिकारीको आग्रहमा सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारिन लागेको हो।
त्यसैगरी मार्च १० तारेखमा दलाई लामाको जन्मोत्सव पर्ने भएकाले तिब्बति शरणार्थीहरूद्वारा चीनविरोधी गतिविधि बढ्न सक्ने सम्भावनालाई दृष्टिगत गरी चिनियाँ पक्षले सीमा नाकामा सुरक्षा कडा पार्न नेपाली पक्षलाई आग्रह गरेका थिए। सीमा नाकामा चीनविरोधी कार्य हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै पञ्चशीलको सिद्धान्तअनुरूप काम गरिने चिनियाँ पक्षलाई आश्वासन दिएको प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखरेलले बताए।
खासामा सोमबार भएको सीमा सुरक्षा बैठकमा चिनिया पक्षको नेतृत्व तिब्बतको नेलाम काउन्टिङका प्रमुख वाङपिङले गर्नुभएको थियो। नेपाली पक्षबाट सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी पोखरेल, दोलखाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली तथा दुवै जिल्लाका सुरक्षा प्रमुखहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका

काठमाडौं । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै ५० प्रतिशत नबढ्ने गरी यात्रु राखेर आन्तरिक हवाइ उडान गर्ने निर्णय गरेको छ

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार (आज) प्रधानन्यायाधीश

आजको प्रमुख समाचार