प्रेमको पीडामा आत्महत्या, मापसे गरेका युवक कर्णालीमा हेलिए

२२ फाल्गुन २०६९, मंगलवार १९:४० मा प्रकाशित

रासस/ बर्दिबास, २२ फागुन । महोत्तरी जिल्लाको बर्दिबासस्थित देउराली उच्च माविमा कक्षा ११ मा अध्ययन गर्ने १७ वर्षीय छात्र मंगलबार बर्दिबासकै नवक्षितीज उच्च माविको कक्षा कोठामा मृत फेला परेका छन् । बर्दिबास–७ का निजर कार्की आज बिहान सो विद्यालयको कक्षा कोठामा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
आफ्नो हातको पाखुरामा ‘आइ लभ यु’ लेखेका कार्कीले असफल प्रेमको कारण आत्महत्या गरेका हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक बाबुराजा खड्काले जानकारी दिनुभयो ।
यसैबीच सेवन गरी होहल्ला मच्चाइरहेका दैलेखका एक युवा सशस्त्र प्रहरीले पक्रने डरले कर्णलीमा हाम्फालेर वेपत्ता भएका छन् । अछाम भैरवस्थान गाविस ३ का २१ बर्षीय जीतबहादुर विसी दैलेखको डावबाट कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका हुन् ।
अत्याधिक मदिरा सेवन गरेर कर्णाली पार गर्न नसकेका दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर पाल्तडा अस्थाई प्रहरी चौकीलाई बुझाएका थियो । जिल्ला प्रहरीका अनुसार त्यहाँ अहिले स्थानीयबासीले प्रर्दशन जारी राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सिन्धुपाल्चोक । हिजो परेको पानीकाकारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा भिषण बाढी र पहिरो गएको छ । बाढी र पहिरोबाट