‘रेग्मीको नेतृत्वमा सरकार बने कांग्रेसले बिरोध गर्ने’

२२ फाल्गुन २०६९, मंगलवार १९:०१ मा प्रकाशित

काठमाडौं, २२ फागुन । प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउन पार्टीले पहल गरिरहेको सन्दर्भबीच नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले खिलराज रेग्मीको नेतृत्वमा सरकार बने कांग्रेसले बिरोध गर्ने अनौठो अभिव्यक्ति दिएकी छिन् । कांग्रेस खोटाङ क्षेत्र नम्बर-१ ले मंगलबार हलेसीमा आयोजना गरेको ‘लोकजागरण सभा’लाई सम्बोधन गर्ने क्रममा कोइरालाले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बन्नै नहुने बताइन् । दलकै नेतृत्वमा सरकार बन्नुपर्ने उनको धारणा थियो ।
नेपाली कांग्रेस क्षेत्र नम्बर-१ को आयोजनामा भएको लोकजागरण सभामा कांग्रेसका जिल्ला सभापति बिष्णुकुमार राई, महासमिति सदस्य, महाधिवेसन प्रतिनिधि, जिल्ला तथा क्षेत्रीय समितिका पदाधिकारी, भातृ संगठनका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका

काठमाडौं । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै ५० प्रतिशत नबढ्ने गरी यात्रु राखेर आन्तरिक हवाइ उडान गर्ने निर्णय गरेको छ

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार (आज) प्रधानन्यायाधीश

आजको प्रमुख समाचार