युवा संघका कार्यकर्तामाथि माओवादीद्वारा गोली प्रहार

२२ फाल्गुन २०६९, मंगलवार १८:३७ मा प्रकाशित

काठमाडौं, २२ फागुन । राजनीतिक दलहरुले चुनावी सरकार निर्माण कार्यलाई मूर्तरुप दिन सकेका छैनन्, तर दलका कार्यकर्ताहरु भने भावी निर्वाचनलाईलक्षित गर्दै परस्परमा लडभीड गर्न थालिसकेका छन् । यस्तै घटना खोटाङमा पनि घटेको छ ।
बताइएअनुसार नेकपा-माओवादीका कार्यकर्ताको गोली प्रहारबाट खोटाङमा युवा सङ्घ नेपालका कार्यकर्ता घाइते भएका छन्। नेकपा-माओवादी नेर्पा गाउँ कमिटीका लोकेन्द्र राई र ध्रुव राईको गोली प्रहारबाट युवा सङ्घ नेपाल गाउँ कमिटी नेर्पाका अध्यक्ष प्रविन राई घाइते भएका हुन्।
नेकपा ९एमाले० ७ नम्बर इलाकाको छैठौं तथा गाउँ कमिटी नेर्पाको दशौं अधिवेशनको प्रचारप्रसार गरेर घर फर्कंदै गरेको अवस्थामा सोमबार राति ९ बजे पविनमाथि भरुवा बन्दुकले हानिएको बताइन्छ । ढाडको दायाँ भाग र देब्रे गालामा गोली लागेका पविनको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ।
गाउँ अधिवेशनको प्रचारप्रसारमा खटिएका पविनलाई मातेको अवस्थामा नेकपा(माओवादीका कार्यकर्ताले गोली हानेको युवा सङ्घ नेपाल खोटाङका सचिव प्रमोद श्रेष्ठको कथन छ । हातबाट माइक खोसेपछि केही भनाभन भएको र त्यसको केही समयपछि भरुवा बन्दुक लिएर प्रहार गरेको घाइते पविनलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।
गोली प्रहार गर्ने दुवैजना अहिले फरार छन् भने उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। नेकपा-माओवादी खोटाङका इन्चार्ज ध्रुव बुढाथोकीले आफ्ना कार्यकर्ताले घटनाबारे जानकारी नदिएको बताए। यसैबीच युवा सङ्घ नेपालले एक विज्ञप्ति जारी गर्दै गोली प्रहारमा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत