यसरी फुट्यो प्रचण्डको झुठको पेटारो, सरकारले नदिएपछि पार्टीबाटै ६० लाख दिने निर्णय

२२ फाल्गुन २०६९, मंगलवार १०:४१ मा प्रकाशित

काठमाडौं, २२ फागुन । एकपछि अर्को झुठ र जालझेल रच्दै राजनीतिक दलहरु र सिंगो देशलाई नै गुमराहमा पारिरहेका प्रचण्ड कतिसम्म फट्याइँ गर्न सक्दारहेछन् भन्ने कुराको आर्को उदाहरण बनेको छ बाँदरमुढै घटनाका पीडितलाई उनले प्रदान गरेको ६० लाखको राहत पोको । तीन दर्जन बढीको ज्यान जाने घटना घटाएपछि चितवन माडी जाने बाटो बन्द भएका प्रचण्डले गत १७ गते माडी जाने मेलो झिके ६० लाखको राहतलाई बहाना बनाएर । माडीमा उनको बिरोध त व्यापक भयो तर सरकारबाट ६० लाख रकम स्वीकृत गराएर आफू आएको घोषणा गरेपछि असन्तुष्टहरुले १ घण्टा उनलाई माडीमा टिक्न दिएका थिए । तर पीडितहरुले त्यो रकम निकासाका लागि पहल गर्न थालेपछि पो चाल पाए प्रचण्डको ६० लाख त आफूहरुलाई झुक्याउन रचिएको झुठको पुलिन्दा मात्र पो रहेछ । अरुलाई त ढाँटे ढाँटे दर्दनाक ढंगले परिवारका सदस्य र आफन्त गुमाएका पीडितहरुलाई पनि यसरी ढाँट्न सक्लान्े भन्ने उनीहरुले ठोनेका थिएनन् । तर प्रचण्डको वास्तविक स्वरुप लुकाउन खोजेर कति दिन लुक्न सक्थ्यो र ?
प्रचण्डले आफूखुशी घोषणा गरेको ६० लाख सरकारले निकासा नदिने जनाएपछि लाज जोगाउने चेष्टास्वरुप उनले पार्टीबाटै उक्त रकम निकासा गराउने निर्णय गराएका छन् । आफ्नै निवास लाजिम्पाटमा मंगलबार बिहानै आसेपासेहरुलाई जमघट गराएर सो निर्णय लिइएको जानकारी एमाओवादीका केन्द्रिय सदस्य अमिक शेरचनमार्फत सार्वजनिक भएको छ ।
स्मरण रहोस्, २०६२ साल जेठ २३ गते तत्कालीन नेकपा माओवादीले कल्याणपुर गाविसको बाँदरमुढे खोलामा थापेको एम्बुसमा परी ३८ जना सर्वसाधारणको मृत्यु भएको थियो भने घटनामा ७२ जना घाइते भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने