अवैध सम्बन्ध खुल्ने भएपछि यौनपार्टनरको हत्या

२२ फाल्गुन २०६९, मंगलवार ०७:४६ मा प्रकाशित

काठमाडौं, २२ फागुन । आफ्ना यौन पार्टनरको हत्या गरेको आरोपमा नेपालगञ्जमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न पाँच व्यक्तिको सहयोग लिएर यौन पार्टनर चाँदबाबु खाँ को हत्या गराएको अभियोगमा बाँके सोनपुरकी काफिया खाँ सहयोगीहरुसहित पक्राउ परेकी हुन् ।
केही वर्षदेखि रोजगारीका सिलसिलामा पति विदेश रहेकाले भारत बहराइच घर भई नेपालगञ्जमा तरकारी व्यापार गर्दै आएका चाँदबाबुलाई काफियाले यौन तृष्णा मेटाउने माध्यमका रुपमा प्रयोग गर्दै आएकी थिइन् । बताइएअनुसार करिब एक वर्षदेखि लगातार उनीहरुबीच यौन सम्बन्ध रहँदै आएको थियो । यसै क्रममा चाँदले काफियासँग पचासहजार रुपैयाँ माग्न थालेका थिए । रकम नदिए आफूसँगको यौन सम्बन्धका बारेमा समाज र लोग्नेलाई पनि खुलासा गरिदिने भनी चाँदबाबुले व्ल्याकमेलिङ गर्न थाले । यसबाट आक्रोशित र त्रसित रहेकी काफियाले आफ्नो चिनजानका गुड्डु खाँ, अलमान खाँ, औसन खाँ, सकिर खाँ र केसरजहाँ खाँको सहयोग लिएर गत १० गते राती घाँटी रेटेर चाँदबाबुको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । अभियुक्तमध्येका भारतीय युवक गुड्डु र नेपालगञ्जकै केशरजहाँबीच पनि अवैध यौन सम्बन्ध रहँदैआएको र त्यसको जानकारी चाँदलाई थियो । उनीहरुको सम्बन्धबारे पनि खुलासा गरिदिने भनेकाले चाँदको हत्यामा ती दुईसमेत संलग्न भएका बताइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत