भ्रष्ट कर्मचारीलाई उन्मुक्ति दिएपछि अनिश्चितकालीन ‘धनुषा बन्द’

२२ फाल्गुन २०६९, मंगलवार ०७:४५ मा प्रकाशित

काठमाडौं, २२ फागुन । स्थानीय निकायमा अर्बौं भ्रष्टाचार गरेको अभियोगमा अख्तियारको कारबाहीमा तानिएका जिविस धनुषालगायतका १८ कर्मचारीहरुलाई अख्तियार र धनुषा प्रशासनको मिलेमतोमा उन्मुक्ति दिएको बिरोधमा अनिश्चितकालीन धनुषा बन्द गरिएको छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका कार्यकर्ताहरुको आह्वानमा धनुषा बन्दलगायतका बिरोध कार्यक्रम सुरु भएको हो । आन्दोलनकारीहरुले करोडौँ घुस लेनदेनका आधारमा अख्तियारबाट भ्रष्ट कर्मचारीहरुले उन्मुक्ति पाएको र यसमा धनुषा जिल्ला प्रशासन एवम् जिविस धनुषाको पनि विशेष चलखेल रहेको दाबी गरेको छ । अभियुक्त कर्मचारीहरुमाथि छानविन र कारबाहीको माग गर्दै सुरु भएको धनुषा बन्दका क्रममा प्रहरी र आन्दोलनकारीबीच सोमबार झडप भएको थियो । झडपपछि जनकपुरमा तनाव भएको छ। अख्तियारबाट उन्मुक्ति पाएर जिल्लामा हाजिरसमेत गर्न पुगेका दोषी कर्मचारीहरुको संलग्नतामा यसअघिका भ्रष्टाचारका फाइल लुकाउने नियतले गुपचुपरुपमा १९औं जिल्ला परिषद् कार्यक्रम भइरहेको जानकारी पाएपछि फोरम लोकतान्त्रिकका कार्यकर्ताहरु व्यापक विरोधमा उत्रिएका थिए । सो क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि तनाव निम्तिएको थियो । झडपमा ११ जना प्रहरी घाइतेका भएका छन् भने त्यस्तै १३ वटा मोटरसाइकल तोडफोड भएको बुझिएको छ । फोरम लोकतान्त्रिकका दुई दर्जन कार्यकर्ता घाइते भएको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस