पूर्व प्रम सुर्य बहादुर थापाका साझेदार विनोद चौधरी बने विश्वका सर्वाधिक धनी

२२ फाल्गुन २०६९, मंगलवार ०५:१८ मा प्रकाशित

काठमाडौं, २२ फागुन । उद्योगपति विनोद चौधरीलाई फोर्ब्स म्यागेजिनले विश्वका धनी व्यक्तिहरुको सूचिमा समावेश गरेको छ । प्रत्यक वर्ष विश्वका धनाढ्यहरुको सूचि सार्वजनिक गर्दै आएको अमेरिकाको फोर्ब्स म्यागेजिनले सोमबारको आफ्नो नयाँ अंकमा नेपाली उद्योगपति विनोद चौधरी विश्वका १३४२ औं धनी र नेपालमा नं.१ धनी भएको तथ्य सार्वजनिक गरेको हो । फोर्ब्स म्यागेजिनले ले उद्योगपति विनोद चौधरीसँग १ बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति रहेको दावी गरेको छ । नबिल बैंक तथा वाइवाइ चाउचाउका मालिक रहेका चौधरीको भारतीय चेन होटल ताजमा समेत लगानी रहेको फोर्ब्सको दावी छ। फोर्ब्स म्यागेजिनका अनुसार चौधरी नेपालका पहिलो अर्बपति भए पनि चौधरीले आर्जन गरेको सम्पतिको ठुलो हिस्स बाहिर आर्जन गरेका हुन् ।चौधरीका लोकप्रिय उत्पादन वाइवाइ चाउचाउ , नबिल बैंकको सेयर र भारतको चेन होटल ताज रहेका छन् । राजधानीको खिचा पोखरीमा कपडाका ब्यापार गर्ने लुनकरण दाश चौधरीका जेष्ठ सुपुत्र बिनोद चौधरीले युवा अवस्थामै आफ्नो पारिवारिक व्यापारमा संलग्नता जनाएका थिए । पूर्व प्रधानमन्त्री सुर्य बहादुर थापाका ब्यापारिक साझेदार बिनोद चौधरी पछिल्लो संबिधान सभामा एमालेका तर्फबाट सभासद समेत रहेका थिए । विश्व चर्चित धनाढ्य लक्ष्मी मित्तलकि भतिजी संग आफ्नो सुपुत्र गिर्वाण चौधरीको बिबाह गराएर ब्यापर जगतमा आफ्नो पहुच बढाएका चौधरी राजनीतिक पहुचका आधारमा ब्यापार गर्न माहिर मानिन्छन । यद्यपि विश्व चर्चित धनाढ्य लक्ष्मी मित्तलकि भतिजीसंग आफ्नो सुपुत्र गिर्वाण चौधरीको बिबाह गराएर ब्यापार जगतमा आफ्नो पहिचान बनाउन सफल बिनोद चौधरीको सुपुत्र गिर्वाण चौधरीको मित्तल भतिजीसंग छोटो समयमै बैबाहिक सम्बन्ध टुट्न पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार