कस्तो होला यो आमाको माया (बिजय हितान)

१९ चैत्र २०६८, आईतवार ११:२६ मा प्रकाशित

हामि छूट्टिएको एक मिनेट पनि भएको थिएन उनको माया कलल जागेर आयो । हिथ्रो बिमानस्थलको अध्यागमन द्वारभित्र छिर्नु अगाडी अँगालोमा हालेर राम्रोसँग जानुस है, भोलि काठमान्डु पुगेपछि फोन गर्नेछु भनेको थिएँ । हेन्ड क्यारी लतार्दै द्वारबाट ओझेल पर्नु अगाडी पिछाडी फर्केर मलाई अन्तिम पटक पुर्लुक्क हेरेर हात हाल्लाएपछी मेरो भक्कानो छुटेर आएको थियो । त्यस छंण अचानक आसुँहरू छचल्केका थिए । ६ महिना भएको थियो उनीसँग संगै बिताएको । करिब २५ बर्सपछी होला हामि यसरी यति लामो संगै बसेको । बैँसमै बिदेसियको हुनाले लामो भएको थियो आमासँग संगै बस्न नपाएको ।

पोहोर सालको ग्रिस्म बिदा सुरुभएपछी आमालाई घुमाउन बेलायत ल्याएको थिएँ । सुनेको तर पहिला कहिल्लै नदेखेको कान्छो नातिसँग बेस्सरी खेलिन पार्क र समुन्द्रको बगरमा बालुवासँग, स्कुल लग्ने ल्याउने पनि गरिन, जाने बेलामा नातिको छैठौ जन्मोत्सब पनि भेटिन । नातिहरूको लहै लहैमा दुई चार वटा अङ्रेजी शब्द पनि सिकेकी थीइन । गोरा-गोरेनीलाई बाटामा भेटदा गुड मर्निङ पनि फर्काइन । हाइस्ट्रिटमा स्थानिय बासिन्दालाई देखेर कति राम्रा अनि भलादमी हुन याँहाका मान्छे भन्थिन् । गोरेनीले बच्चा गड्डीमा हालेर हिँडाएको देख्दा उनलाई सम्झना आएछ- मलाइ घाँसको भारिमाथी राखेर बनबाट फर्केको । रेडनर पार्कमा एकदिन घुम्दै गर्दा डोरीले बानेको पप्पीलाई देखेर- मैले पनि तँलाई रुखको डालीमा चढी घाँस काटदा फेँदमा दाम्लोले बाँधेर राख्थे- भनेकी थीइन । अचम्मै लागेको थियो मलाइ के म त्यसरी हुर्किएको थिएँ भनेर !

प्रायजसो सप्तान्तको बिहान आमासँग वरिपरि घुम्न जान्थें । एक सनिबार आमा छोरा सामुन्द्रिक तटमा हिँडन गयौं । घरबाट निस्कदा घमाइलो थियो । बेलायती मौसम न हो, एक घन्टापछी पानी दर्किन लाग्यो । मैले हिँजराती बी बी सी मा मौसमी विवरण हेर्न भुलेछु । घर फर्किदा लुथ्रुक्कै भएका थियौं । त्यस बेलुका मलाइ रुघा लाग्यो र जरो आउन थाल्यो । म सोफामा पल्टेको थिएँ । आमाले टाउको मालिस गरिदिनु भयो । आमाको स्नेहपुर्ण स्पर्सले बालक कालको सम्झना दिलायो । मैले यसरिनै तोरीको तेलले तँलाई घाममा राखेर मालिस गरिदीन्थे- उनले भनेकी थीइन । हो म त्यस बेला आमाको काखमा टाउको राखेर आँखा चिम्म गरेर तिनै दिनहरूको कल्पनामा डुबेको थिएँ । सम्झना छ मैले ६ बर्ससम्म आमाको दुध पिएँको । मैले आमाको गुन्युको फेरो समात्दै गर्दा खिचेको एउटा रङ्गहिन फोटो छ एलबममा आजसम्म । मलाइ आमाको दुध र गुन्यु घलेकको गन्ध आइरहेको थियो त्यति बेला उनको न्यानो काखमा तेर्सिन पाउँदा ।

म र बुहारी काममा । दुई नातिहरू स्कुल । आमा दिउँसभरी एक्लै घरमा हुन्थिन । घरको नजिकै नातिको स्कुल थियो । झ्यालबाट उनले बिहान सबेरै आफ्ना छोरा छोरि ल्याएर गेटमा कुरेका गोरेनीहरू देख्थिन । अनि भन्थिन यहाँका गोरेनीले कति धेरै बच्चा जन्माउन सकेका । याँहाको जन्मदर बास्तवमा सन्सारकै सबैभन्दा थोरै रहेको बिचरा आमालाई के थाहा ।

आज सोमबार म कामबाट सदाझैँ घर फर्के । मेरो कारको हेड लाइट लिभिङ रुमको झ्यालमा पर्न साथ छोरा आयो भनि सधैं ढोका खोल्थिन । आज भने कसैले खोलेन ढोका । कारको चाबीको झुप्पामै रहेको अर्को चाबीले ढोका खोलेर म भित्र प्रबेस गरें । उनी सुत्ने बिस्तरामा एकचोटी चियाएँ, उनी थिइनन । सम्झे आज दोस्रो दिन, उनी त काठमाण्डौ हुँदै बुटवल पो पुगिसकिन । पिर लागेर आयो भेटन आउने आफन्तले दिएको चिनो स्वरुप स्विटरहरूले भरिएको टन्न सुटकेस कसरी लतारि होलिन बाटोमा । मात्रै देखे उनको कोठामा एउटा रडियो जसका ब्याट्रीहरू टेबुलमा पल्टिरहेका थिए । बि फ बि एस् आमाले सुन्लिन भनेर किनिदिएको रडियो । हुन पनि हो बि फ बि एस् उनको साथि भएको थियो बेलायतमा रहुन्जेल ।

आज सबै परिवार खान बस्यौं टेबल वरिपरि । मैले जिस्काएर सानो छोरालाई भनें- जाउ माथी गएर बजुलाई खान आउन भन । छोराले- बजु त नेपाल गैसक्नु भयो- भन्दा म झसँग भएँ । मिठो लागेन खाना त्यति । सम्झेर आमालाई अहीलै टेलिफोन घुमाउन मन लागेको थियो । चाहेँ भने १२/१५ घण्टाको बाटो त होनि बेलायत देखि नेपाल आमालाई भेट्न जान । उहिले म कठमान्डुमा, आमा गुल्मीको तम्घासमा हुँदा ३ /४ दिन लाग्थ्यो भेटन जान । अहिले त चाहेमा एक कल त हो आमासँग टेलिफोनमा हेल्लो भन्न । यस्ता बीचारहरूसँग बरालिदै आफैलाई बुझाउने प्रयास गर्दै बिस्तरामा ढल्केको थिएँ । छोडेर गएकी आमाको मायाले खुबै सताउंदै बल्ल बल्ल निदाएको थिएँ त्यस रात । कस्तो होला यो आमाको माया ! मलाइ मात्रै हो की सबैलाई ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद