
विजय थापा, भर्जिनिया, अमेरिका । अमेरिका नेपाल सोसाइटी (समाज) वाशिंगटन डिसीका पूर्वअध्यक्ष तथा समाजसेवी खेम भट्टचन आफ्नो पिताको देहवसान भएको करिब ५ बर्ष पश्चात मातृभूमि पुगी स्वर्गीय पिता शेर बहादुर भट्टचनको काज किरियामा ३ दिन काठमाडौँको बौद्धमा बसेका छन्। बौद्धिक धार्मिक परम्परा अनुसार १०८ बत्ति बालि पुजा गरि उनि चोखिएका छन्। पिता बितेको करिब ३/५ बर्ष पुग्न लागेको समयमा नेपाल पुगी उक्त छोराले गर्नु पर्ने कर्तब्य निभाएका छन्। झन्डै २० बर्ष अगाडी देखि विदेश जाकिएका भट्टचन धेरै बर्ष जापान र अमेरिकामा झन्डै एक दशक भन्दा ज्यादा समय बिताएका र जुन बेला अमेरिका नेपाल समाजका अध्यक्ष थिए त्यही बेला ठुलो उनु माथि प्रहार भयो तर अमेरिकाका जाकिएका भट्टचन अमेरिकाको लागि हरियो पत्र (ग्रिन कार्ड) को लागि दरखास्त दिएका हुनाले बाबुको प्राण जादा पनि मुख सम्म हेर्न पाएनन। भर्खर हरियो पत्र (ग्रिन कार्ड)आए पछि नेपाल पुगि सर्वप्रथम यो काम उनीले गरेका हुन्। यस्ता घटना थुप्रै नेपालीहरुले भोगेका छन् किनभने परिवार र भविष्यको निम्ति नेपालीहरु बाध्यतामा हुन्छन। नेपाल फर्के पछि पुन अमेरिका प्रवेश दिने नदिने दोधार हुन्छ र कैयौलाई अमेरिका आउन नदिएको पनि छ। उनका पिता शेर बहादुर भारतीय शेनामा भर्ति भई द्वितीय बिश्व युद्धमा लडाई लडेका हुन् र २००७ सालको राणा बिरुद्धको क्रान्तिमा नेपाली कांग्रेसको शसस्त्र क्रान्तिको आब्हानमा भारतीय सैनिक जागिर छोडी घर नै नपुगी डा. के आइ सिंह संग भेटि नेपालको शसस्त्र क्रान्तिका पहिलो छापामार बन्न पुग्ने अवसर पाएका थिए। यसरी लडेर नेपाली कांग्रेसले गरेको क्रान्तिमा होमिएका र उनले गरेको योगदानको कदर शेर बहादुर भट्टचनले प्राप्त गरेनन। आफ्नो घर म्याग्दीमा ८२ बर्षको उमेरमा देह त्याग गरे। नेपाल आमाका एक बिर र बहादुर शेर बहादुर भट्टचन सदा सदाको लागि हामीबाट कहिले नफर्कने गरि यसरी बिलय भए।
प्रतिक्रिया
सम्बन्धित खवर
बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ ।
भिएना । सन् २००९ मा स्कट ल्याण्ड पुगेर फोटोग्राफीलाई आफ्नो पेशा बनाएका सन्तोष भट्ट अहिले जर्मन शहर फ्रान्क फर्टको स्थानीय
भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर
पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा