नेपाली समाज युकेको बार्षिकोत्सव सम्पन्न

२२ फाल्गुन २०६९, मंगलवार ०३:०४ मा प्रकाशित

मिलन सापकोटा, युके । नेपाली समाज युकेको बार्षिकोत्सव तथा साधारण सभा सागर स्वीटहलमा सम्पन गरियो । करिब ५०-६० जना सदस्यको उपस्थिति रहेको उक्त कार्यक्रमको सभापतित्यो समाजका अध्यक्ष श्री गंगा धर गौतम र कार्यक्रमको संचालन समाजका महासचिब मिलन सापकोटाले गर्नु भएको थियो ।

सभापतिको स्वागत भाषणबाट सुरु भएको कार्यक्रम समाजका महासचिब मिलन सापकोटाले समाजको बार्षिक पर्तिबेदन प्रस्तुत गर्नु भएको थियो । समाजका कोसाध्यक्ष शिवलाल खराल द्वारा तयार पारीयको आर्थिक पर्तिबेदन मिलन सापकोटाले प्रस्तुत गरेका थिए ।

त्यसपछिको कार्यक्रम नयाँ नेतृत्व चयनको लागि नारायण प्रसाद कंडेलको नेतृत्वमा दुइ सदस्य निराजन सुबेदी, सुरेन्द्र दुवादी निर्बाचन आयोग गठन गरिएको थियो । अध्यक्ष पद मा ५ जनाको उमेद्वारीमा मिलन सापकोटा, गुरु भण्डारी, रिता भण्डारी, गोमा पौडेल, कृष्ण प्रसाद शर्मा रहनु भएको थियो ।

समाजका महासचिब मिलन सापकोटालाई समाजको अध्यक्षको रुपमा सर्ब सम्मतले चयन गरिएको थियो । अरु कार्य समितिको विस्तार अर्को बैठक द्वारा चयन गर्ने निर्णय सहित बिहान करिब ११ बजे सुरु भएको कार्यक्रम खान पश्चात करिब ३ बजे समापन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत