एमाओवादीले आलटाल गरेको निचोडमा कोइराला, आन्दोलनको विकल्प नभएको ठहर

२१ फाल्गुन २०६९, सोमबार २२:०३ मा प्रकाशित

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री बाबुराम भट्टराईले ओखलढुङ्गा पुगी तीन दिनभित्रै नयाँ सरकार गठन भई आफू बालुवाटारबाट बाहिरिने उद्घोष गरेकै दिन सोमबार पाँचथरको फिदिम पुगेका नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठन हुने भनिएको चुनावी सरकार बन्न नदिन एमाओवादीले अनेक जालझेलपूर्ण चाल चलिरहेको दाबी गरेका छन् । नेपाली कांग्रेस पाँचथरद्वारा फिदिममा आयोजित पत्रकार सम्मेलनमा सभापति कोइरालाले एमाओवादी र मधेसवादी दलहरु चुनाव गर्दा आफूहरु नाङ्गिने सम्भावना रहेकाले चुनावी सरकार गठनलाई टारिरहेको आरोप लगाएका हुन् ।
चुनावी सरकार गठनको सम्भावना हट्दै गएको छ भन्दै सभापति कोइरालाले अब आन्दोलनमार्फत अहिलेसम्मका उपलब्धिलाई जोगाउन नेपाली कांग्रेसको नेतृत्वमा आन्दोलनको विकल्प नरहेको धारणा राखे। नेपाली कांग्रेसले विधिको शासन, प्रजातान्त्रिक मूल्यमान्यता, प्रेस स्वतन्त्रता र मानवअधिकारको रक्षालाई भुलेर कहिल्यै कसैसँग सम्झौता नगर्ने  पनि उनले दोहोर्याए ।
यसैबीच उता नेपाली सेनाको हेलिकप्टर चढेर ओखलढुङ्गाको पश्चिमी दुर्गम गाविस ग्रामनाङ पुगेका प्रधानमन्त्री भट्टराईले आउँदो जेठभित्र जसरी भए पनि संविधानसभाको चुनाव गराइसक्ने दाबी गरे। त्यसका लागि प्रधानन्यायाधीश नेतृत्वको सरकार आउँदो तीनदिनभित्रै गठन गरिसक्ने उनले जनाए । माओवादी युद्धकालमा स्थानीयको हत्या अभियोगमा सर्वोच्च अदालतले सर्वस्वसहित जन्म कैद सजाय तोकिएर पनि प्रहरीले फेला पार्न नसकेर पक्राउ नपरेका बालकृष्ण ढुङ्गेल पनि प्रधानमन्त्रीको साथमै थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको