जन्मने वित्तिकै आमाले गरिन् छोरीको हत्या

२१ फाल्गुन २०६९, सोमबार १९:१० मा प्रकाशित

छविलाल बगाले/ लमजुङ, २१ फागुन । लमजुङमा एक महिलाले जन्माउने वित्तिकै आफ्नै छोरीलाई डोरीले घाँटीमा बाँधेर हत्या गरेकी छन् । धादिङ जिल्लारि गाविस ९ किच्यन गाउँकी १९ बर्षिया वाङ्चीमाया तामाङले सोमबार विहान जन्माउने वित्तिकै आफ्नै नवजात शिशुको घाँटीमा तन्ना च्यातेर बनाएको डोरीले बाँधेर हत्या गरेको प्रहरीले जनाएको छ ।
वेसीशहरको झिङ्गेखोलामा रहेको एउटा होटलमा डेढ महिनादेखि काम गर्दै आएकी तामाङले विहान आफ्नै कोठामा जन्माएकी नवजात शिशुको घाँटीमा डोरीले बाँधेर हत्या गरेको प्रहरीको भनाई छ । गत कार्तिक महिनादेखि लमजुङमा आएर मजदुरी गर्दै आएकी तामाङ अविवाहित रहेको प्रहरीले जनाएको छ ।
विहान भएपछि पनि काम गर्न नआएपछि होटल धनीले उठाउन जाने क्रममा तामाङले ढोका नखोलेपछि जवर्जस्ती ढोका खोल्दा कोठा रगताम्य भएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले अस्पताल लैजाने भन्दै तामाङलाई उठाउने क्रममा महिलाले नवजात शिशुको घाँटीमा डोरीले बाँधेर मारेको भेटेको प्रहरीले जनाएको छ ।
मृत शिशुको पोष्टमार्टमका लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ भने आमाको सोही अस्पतालमा उपचार भइरहेको छ । तामाङका आफन्तले घटना र मृतक शिशुको बाबुको बारेमा खोजी र अनुसन्धान गरिदिन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ । लमजुङमा २ महिनाअघि पनि एक महिलाले बच्चा जन्माएर फालेकी थिइन् । आफ्नै नवजात शिशुलाई जन्माएर मारेको अभियोगमा वेसीशहर गाउँ विकास समिति वडा नम्बर ९ शेराकी २९ बर्षिया निर्मला केसी हाल पुर्पक्षका लागि लमजुङ कारागारमा रहेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार