साना दलको छनोटमा परे उपराष्ट्रपति

२१ फाल्गुन २०६९, सोमबार १८:०२ मा प्रकाशित

काठमाडौं, २१ फागुन । प्रधानन्यायाधीशको नेतृत्वमा सरकार घोषणाको मुखैमा प्रमुख राजनीतिक दलहरु पुगिसेको परिवेशमा निर्वाचन आयोगमा दर्ताभएका साना दलहरुको एक गठबन्धनले उपराष्ट्रपति परमानन्द झाको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने माग अघिसारेको छ । ४३ वटा साना दलको गठबन्धनले अन्तरिम संविधानबाटै निकास खोज्नुपर्नेमा जोड दिँदै प्रधानन्यायधिसको नेतृत्वमा सरकार गठन गर्नु संविधानविपरित हुने तर्क गरेको छ ।
संविधानको धारा ३६ (ग) र झ १ बमोजिम संविधानसभाको विघटनपछि राष्ट्रपति र उपराष्ट्रपति मात्रै वैद्यानिक संस्थाको रुपमा बाँकी रहेकोले निकासको लागि राष्ट्रपतिले उपराष्ट्रपतिको नेतृत्वमा चुनावी सरकार गठन गरेर अघि बढ्नु पर्नेमा गठबन्धनले जोड दिएको हो ।
गठबन्धनका संयोजक शोभाराम थापाले ठूला दलहरुको सिण्डिकेटमा परेर मुलुक अप्ठ्यारो अवस्थामा पुगेको आरोप लगाउँदै राष्ट्रपति चार दलको घेरबाट निष्किएर निकास दिन लाग्नु पर्ने बताए । उनले संविधानबाहिरबाट खोजिने निकास आफूहरुलाई मान्य नहुने भन्दै संविधानतः बैधानिक हैसियतमा रहेका उपराष्ट्रपतिको नेतृत्वमा चुनावी सरकार गठन गरेर मुलुकलाई निकास दिन माग गरे ।
प्रधानन्यायधिशको नेतृत्वमा चुनावी सरकार गठन गर्नु संविधान र लोकतन्त्रको बलात्कार हुने भन्दै संविधान र लोकतन्त्रलाई बचाई राख्न राष्ट्रपतिको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरुसँगको छलफलको आधारमा मन्त्रीपरिषद गठन गर्नु पर्ने बताए ।
गठबन्धनका सचिव विक्रमबहादुर कुवँरले मुलुकको जिम्मा लिएका चार दल असफल भईसकेको दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा