अब माओवादीले हतियार नउठाउने !

२१ फाल्गुन २०६९, सोमबार १३:०८ मा प्रकाशित

चन्द्रकान्त  खनाल/ रुपन्देही, २१ फागुन । नेकपा माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लबले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउँदैमा निकास ननिस्कने बताएका छन् । नेकपा माओवादी अवधराज्य समितिले सोमबार वुटबलमा गरेको पत्रकार सम्मेलनमा उनले प्रधानन्यायाधीश राजनीतिक ब्यक्ति नभएकाले देशलाई निकास दिनेभन्दा बर्बादीतिर लैजाने दाबी गरे ।
प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पनि चार दलबाट नभई यथार्थमा अन्यत्रैबाट आएको उनले दोहोर्याए । एमाओवादीको जालमा नेपाली कांग्रेस र एमाले परेको र प्रचण्डसमक्ष आत्मसर्मण गरेको आरोप लगाउँदै विप्लवले जनताको चाहना अनुसार नभएको हुनाले प्रस्ताव आफूहरुलाई अमान्य हुने उनको कथन थियो ।
खिलराज रेग्मीको प्रम भए कानुनी राज्यको खिलाफ हुने भन्दै सचिव चन्दले राजनीतिक दलहरुबाटै निकास खोजिनु पर्नेमा जोड दिँदै उनले सर्वपक्षिय गोलमेच सम्मेलन नै समस्याको उचित समाधान हुने बताए । पत्रकार सममेलनमा बोल्दै नेता चन्दले तत्तकालिन प्रधानमन्त्री  गिरीजाप्रसाद  कोइराला र एमाओवादीका अध्यक्ष प्रचन्डको बीचमा भएको शान्तिसम्झौता  कार्यान्वयन भए मात्र देशले निकास पाउने धारणा पनि प्रस्तुत गरे । वर्तमान अवस्थामा  चुनाव हुन नसक्ने बताउँदै आफुहरु देशको निकासको लागि  टेबुल र सडक दुबै ठाउँमा संघर्ष गर्न तयार रहेको तर बन्दुक भने नउठाइने उनले प्रतिवद्धता जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सिन्धुपाल्चोक । हिजो परेको पानीकाकारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा भिषण बाढी र पहिरो गएको छ । बाढी र पहिरोबाट