पाकिस्तानमा बम विष्फोट, ४५ को मृत्यु डेढ सय घाइते

२१ फाल्गुन २०६९, सोमबार ११:०५ मा प्रकाशित

एजेन्सी/ पाकिस्तानमा आइतबार भएको बम विष्फोटमा ४५ जनाको ज्यान गएको छ । कराचीस्थित अब्वास शहरको शियाबहुल इलाकामा भएको विष्फोटमा परेर एक सय पचास भन्दा बढी घाइते भएको बताइएको छ । एक मस्जिदनजिक भएको विष्फोटबाट थुप्रै घरहरु ध्वस्त भएका छन् । साँझ मानिसहरु नमाजका लागि गएका बेला विष्फोट भएको थियो ।
अहिलेसम्म घटनाको जिम्मेवारी कुनै संगठनले नलिए पनि सुन्नी चरमपन्थी समूहतर्फ शंकाको सियो घुमेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।
बम विष्फोटको बेला भएको ठूलो धमाकापछि बिजुली आपूर्ति बन्द भएको थियो । अँध्यारोका कारण उद्दार कार्यमा अत्यन्त कठिनाइ भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

भारतमा एकैदिन ८० लाख मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । एकैदिन यतिधेरै संख्यामा खोप लगाइएको अहिलेसम्मकै पहिलो घटना भएको

न्यूयोर्क । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ६७ लाख ३ हजार ५५३ रहेका छन्

रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआइएफ)ले आफुले बनाएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक-भी बहराइनमा ९४.३ प्रतिशत प्रभावकारी भएको दावी गरेको छ ।

आजको प्रमुख समाचार