वेमौसमी काक्रा खेतीबाट ७० हजार बढी आम्दानी

१९ चैत्र २०६८, आईतवार ०९:४९ मा प्रकाशित

नेपालगन्ज, १९ चैत । बर्दियाका किसानहरु यतिबेला काक्रा खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । मोतिपुर गाविस ७ सतरियाका किसानहरुले बेमौसमी काक्रा खेती गरेर अहिले सोचेभन्दा राम्रो आम्दानी गर्न थालेका हुन । स्थानिय किसान उल्टबहादुर चौधरीले हाल ५ कठ्ठामा लगाएको काक्राबाट करिब ७० हजार आम्दानी गर्दै आउनु भएको छ । एक सिजनमा लगाएको काक्राबाट कम लगानी र मेहनतमा राम्रो आम्दानी हुने गरेको  चौधरीको भनाइ छ ।  चौधरीले आफ्नो बारीमा मात्र करिब ३० क्विन्टल काक्रा फलाउनु भएको छ । अहिले स्थानिय २५ जना किसन व्यवासायिक रुपमका काक्रा खेती गर्दै आएका छन् । गर्मियामको सुरुवातसँगै काक्राले राम्रो बजार पाउने भएपछि यस तर्फ किसान आकर्षित भएका हुन । सोही वडामा उत्पादन गरिएका काक्राहरु जिल्लाको सदरमुकाम गुलरिया, भुरिगाउ, बाँकेको कोहलपुर, खजुरा लगाएत आसपासका जिल्लाहरुमा खपत हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड