इतिहासले गद्दारहरु जन्माएछ : वैद्य

२१ फाल्गुन २०६९, सोमबार ०७:०७ मा प्रकाशित

काठमाडौं, २१ फागुन । मुल्य चार दल बहालवाला प्रधानन्यायाधीशलाई देशको कार्यकारी प्रमुख बनाउन उद्यत रहेका बेला नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले राष्ट्रियता ऐतिहासिक रुपमै खतरामा परेको धारणा सार्वजनिक गरेका छन् । झट्ट हेर्दा बाहिरी रुपमा लोकतन्त्र कमजोर बनेको देखिए पनि यथार्थमा मुलुकको अस्तित्व नै संकटमा परेको वैद्यको कथन छ । उनले यतिबेला मुलुकको सत्ता युरोपेली संघ (ईयु) र छिमेकी देश भारतको मुठ्ठीमा कैद रहेको ठोकुवा गर्दै भने, ‘चार पार्टीका नेतालाई भारतीय राजदूत र ईयुका प्रतिनिधिले प्रधानन्याधीशलाई प्रधानमन्त्री बनाउने निर्देशन दिएका हुन् । यहाँसम्म कि शीतल निवासमै गएर राष्ट्रपति र चार दलका नेतालाई हाम्रो मुलुक शासन सत्ताबारे उनीहरुले डिक्टेट गरेका छन् ।’
प्रधानन्यायाधीशलाई चुनावी सरकारको प्रधानमन्त्री बनाउने निर्णय बाह्य रुपमा एमाओवादीको देखिए पनि सबै एजेण्डा विदेशीकै भएको दाबी गर्दै वैद्यले सार्वजनिक गरेको धारणामा आफूलाई पनि विदेशीहरुले प्रधानन्यायाधीश नेतृत्वको स्वतन्त्र चुनावी सरकार बनाउने कुरा पहिले नै सुनाएको खुलासा गरे । चुनावमा भाग लिनु पर्‍यो भनेर ईयु प्रतिनिधि आफूहरूकहाँ आएको भन्दै उनले भाग लिने या नलिने आफ्नो पार्टीको स्वविवेकमा आधारित हुने उनले उल्लेख गरे ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई विदेशीका दलालका भरपर्दा शक्ति भएको आरोप लगाउँदै उनले समय आएपछि देशघातीहरु जनताको तहबाट बढारिने चेतावनी दिए । इतिहासले गद्दारहरु जन्माएछ भन्ने गुनासो गर्दै वैद्यले प्रचण्ड र बाबुरामप्रति रोष प्रकट गरे । संविधानसभाको निर्वाचन विदेशी एजेण्डा भएको उल्लेख गर्दै उनले आफूहरुले पनि त्यो बोकेर गल्ती गरेको स्वीकार गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल