पाल्पामा जन्ती बस दुर्घटना, १५ को मृत्यु २५ घाइते

२१ फाल्गुन २०६९, सोमबार ०७:०३ मा प्रकाशित

काठमाडौं, २१ फागुन । आइतबार राती पाल्पामा जन्ती बोको बसर दुर्घटना हुँदा १५ जनाको मृत्युस भएको छ भने २५ जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन-राम्दी सडक खण्डमा आइतबार राती अन्दाजी साढे नौ बजेको समयमा पाल्पाको चिदीपानी २ धैरेनीमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । पाल्पाकै खानीछाप गाविस आमडाँडाबाट बेहुली लिएर चिदीपानी-७ बुढीकोटका लागि आउँदै गर्दा लु १ ख २७९५ नम्बरको बस दुघर्टनामा परेको हो । बस सडकबाट करिब ३ सय मिटर तल मुस्लाङ्खोलामा पुगेको थियो । घटनास्थलमै १२ र अस्पतालमा उपचारका क्रममा थप तीनको मृत्यु भएको हो ।
दुर्घटनामा बेहुला बीरबहादुर चर्ती र बेहुली बिष्णुकुमारी चर्ती दुबै घाइते छन् भने सबै घाइतेहरुको मिसन अस्पतालमा उपचार भइरहेको छ ।  बसमा कम्तीमा ४५ जना जन्ती सवार रहेको बताइएको छ । ढिलो गरी खबर प्राप्त भएको उद्दार कार्यमा पनि ढिलाई भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी